पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिकामा अवस्थित आँबुखैरेनी बजार र आसपासका क्षेत्र।
प्रहरीले २ करोड १ लाख भन्दा बढी रकम बराबरको सुन, हिरा तथा पत्थरको गहनासहित चार जना नियन्त्रणमा लिएको छ । काठमाडौँ २२ प्युखा कृष्ण चोकबाट चारै जनालाई समान सहित नियन्त्रणमा लिइएको जनाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले रोग लागेपछि उपचार खोज्नेभन्दा रोग नै लाग्न नदिन जीवनशैली परिवर्तन आवश्यक भएको बताउनुभएको छ। उहाँले औषधीको बढ्दो प्रयोगभन्दा रोग लाग्न नदिने जीवनशैली अपनाउनु नै दीर्घकालीन समाधान भएको बताउनुभयो।
जातीय विभेद अन्त्य तथा समावेशीमूलक समाज निर्माणका लागि दलित समुदायको घरमै गएर जन्मदेखि मृत्युसम्मका सबै कर्मकाण्ड विवाह, ब्रतवन्ध जस्ता कार्यक्रममा उहाँले कर्मकाण्ड गराउँदै आउनुभएको छ ।
सरकारले दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा]ले पठाएको ५ बुँदे प्रस्तावमाथि छलफल नहुने बताउनुभएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र गोरखापत्र संस्थानका उच्च पदाधिकारीबिच बुधवार जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा भेटघाट भएको छ।
वर्षा सुरु भएसँगै नेपालगञ्जका नालाको सफाइ तीव्र पारिएको छ।
मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित ग्रीनलेक ।
कञ्चनपुर–कमला सडक योजना पश्चिम खण्डको प्रगति अहिलेसम्म ६३ प्रतिशत काम सम्पन्न भएको छ । सडक विकास कार्यालय मिर्चैंयाका अनुसार शतप्रतिशत काम सम्पन्न गर्न दोस्रो पटक २०८२ पुस १६ गतेसम्म म्याद थपिएको छ ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा गोरखापत्र संस्थानको समन्वयमा धनुषाको ढल्केबरमा ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वमा मधेस प्रदेशका गोरखापत्र समाचारदाताको भूमिका’ विषयक दुई दिने कार्यक्रम बुधवारदेखि सुरु भएको छ ।
नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिकाले वडा नम्बर चारबाट भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु गरेको छ ।
विष्णुप्रसाद पोखरेलदमक, जेठ २८ गते । हात्तीको क्षति न्यूनीकरणका लागि हात्ती छेक्न लगाएको विद्युतीय तारबारमा परेर झापाको कचनकवलमा एक व्यक्तिकाे ज्यान गएको छ । हात्तीलाई छेक्न आफैले लगाएको तारबारमा प्रवाह गरेको करेन्ट लागेर बुधवार बिहान कचनकवल गाउँपालिका ७ बैगुनबारी बस्ने ६५ वर्षीय तीर्थनाथ खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।बारीमा बाख्रा चराउन जाने क्रममा खनाल आफूले लगाएको तारबारमा आफै पर्नु भएको बताइएको छ । लगाएको अन्नबाली हात्तीले आएर नष्ट गर्न नसकोस् भनेर स्थानीयले तारबार लगाउने गरेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बुका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ । एक साता अघि कन्काई नगरपालिकाको जामुनखाडीमा यस्तै तारबारमा परेर ८ जना घाइते बन्नु भएको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजविराज नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा हरिकिशोरप्रसाद चन्द्रवंशी जिम्मेवारीमा आउनुभएको छ ।
काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध चार करोड ३१ लाख ७२ हजार २८७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।