बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक जातजाति जनजातिको बसोबास भएको सुन्दर देश नेपाल विकासको हिसाबले पछि परे पनि सुन्दरतामा अब्बल छ । विभिन्न लेकमा पाइने जडीबुटी, हिमालमा पाइने यार्चागुम्बा, कालीगण्डकीमा पाइने शालिग्राम तथा विभिन्न स्थानमा अन्वेषणमा रहेका खनिज धातु यो देशका अमूल्य सम्पत्ति हुन् । वातावरण र मौसमको हिसाबले फरक–फरक तापव्रmम, फरक–फरक रहन सहन, बाइसे चौबिसे राज्य सञ्चालन हुँदा बनाइएको ऐतिहासिक राजाका दरबार, पुरातात्त्विक संरचना नेपा
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्रमदानमार्फत काठेपुल निर्माण गर्न सुरु गरिएको छ । मैवाखोला गाउँपालिका–४ साँघुस्थित एकबासे नेरुवाखोलामा बुधबारदेखि अस्थायी काठेपुल निर्माण गर्न सुरु गरिएको हो ।
प्रेमकथामा आधारित चलचित्रका लागि परिचित हुनुहुन्छ, निर्देशक दिवाकर भट्टराई ।
गायिका एलिना चौहानको ‘गल्ती गरेँ माया लाएर’ बोलको गीत सार्वजनिक भएको छ । श्रीकृष्ण निरौलाको शब्द, सुवास कार्कीको सङ्गीत रहेको म्युजिक भिडियोको गीतलाई विशाल निरौलाले एरेन्ज गर्नुभएको छ ।
नवलपुरमा बिहीबार बिहान गैँडाले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । मध्यविन्दु नगरपालिका–२ सेहरीको बाटोमा हिँडिरहेको अवस्थामा सोही ठाउँका ४५ वर्षीय रेशमलाल महतोलाइ एक्कासी गैँडाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राउटे युवा कलाकार दीपक शाहीले पहिलो पटक हवाईजहाज चढेको अनुभव सुनाउँदै भन्नुभयो, “अब जता जाँदा पनि हवाईजहाजमै सरर जान पाए हुन्थ्यो । छिटो, लडिएला भन्ने डर पनि नहुने रहेछ ।” काठमाडौँमा जारी ललितकला प्रदर्शनीमा सहभागिता जनाएर सुर्खेत फर्कनुभएका शाहीले हवाईजहाज चढ्दाको अनुभव सुनाउँदै भन्नुभयो, “बसको ३० घण्टाको यात्रापछि काठमाडौं पुग्दा धेरै थाकेका थियौँ, केही डर पनि लागेको थियो तर फर्कंदा हवाईजहाजबाट एक घण्टामै सुर्खेत पुग्दा अझै काठमाडौँमा छौँ जस्तो लाग्दै थियो, हामी त सुर्खेत पुगिसकेका रहेछौँ ।”
इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का महानिर्देशक गिल्बर्ट एफ. होङ्बोसँग भेटवार्ता भएको छ । ११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा जनेभामा भएको भेटवार्तामा श्रम तथा रोजगारका विविध विषयमा छलफल भएको महासङ्घ सचिवालयले जनाएको छ ।
यहाँका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गर्नुभयो तर प्रतिक्विन्टल मात्र दुई हजार दुई सय मात्र पाउँदा उहाँ खिन्न हुनुहुन्छ ।
काठमाडौँको कालीमाटीमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने माग गर्दै बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरेका छन् । सहकारीका बचतकर्ताले हेटौँडामा आएर उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्नेलगायतका माग राख्दै मन्त्रालय घेराउ गरेका हुन् ।
मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ ।
गुलरिया नगरपालिका–४, सुहेलवा बस्ने टीका योगीले आफ्नो जग्गा बिक्रीबापतको १२ लाख रुपियाँ गुलरियामा रहेको कर्णाली विकास बैङ्कमा बचत राख्नुभयो ।
ताप्लेजुङमा ब्राउन सुगरसहित चार जना परेका छन् । लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् ।
उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मनसुन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल र मलेसियाबिचको श्रम सम्बन्ध दिगो हुने विश्वास व्यक्त गर्नुभएको छ । मलेसियाका मानव संसाधनमन्त्री स्टिभन सिम ची किओङसँग जेनेभामा भएको भेटमा मन्त्री भण्डारीले मलेसियासँग श्रम क्षेत्रको सहकार्य अझ सबल हुने विश्वास व्यक्त गर्नुभएको हो ।