मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको छ ।
नेपालीहरुको चाड हरिबोधनी अर्थात् ठूलो एकादशीको अवसरमा नवलपुरका विभिन्न तीर्थस्थलहरू धार्मिक मेलाको आयोजना गरिएको छ ।
जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते आगजनी र तोडफोड गरी क्षतिग्रस्त नेकपा (एमाले) बाँके जिल्ला कार्यालय भवन पुनर्निर्माण गरिएको छ ।
कैलालीमा कान्द्रा नदी किनारमा निर्मित हुलाकी राजमार्गले बाँधको काम गरेर स्थानीय बस्ती जोगाएको छ । भजनी नगरपालिका –५ लालबोझी क्षेत्रमा निर्माण गरिएको हुलाकी राजमार्गले नदीको पानी वस्तीमा पस्नबाट रोकेपछि लालबोझीवासीलाई राहत भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका,४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा डेढ महिनाको अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेका छन्।
मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको छ ।
दाङको घोराहीमा सञ्चालन भएको सहुलियत पसलबाट ७२ हजारको नुन बिक्री भएको छ ।
मकवानपुर जिल्ला अदालतले डेढ महिनापछि पूर्ववत् सेवा प्रवाह सुरु गरेको छ । अदालतबाट प्रवाह हुँदै आएका सेवाहरु प्रवाह गत भदौको २४ गतेबाट संकुचन गरिएकोमा पूर्ववत् सञ्चालनमा आएको हो ।
मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।
रूपन्देहीको कन्चन गाउँपालिका –५, फायरलाइनस्थित भित्री सडक खण्डमा गए राति भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबिच भेटवार्ता भएको छ ।
जल तथा मौसम विज्ञान विभागले उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपातसम्बन्धी पूर्व सूचनाका कारण मुस्ताङ प्रवेश गर्ने पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या घट्न थालेको छ ।
गाजामा रातभर इजरायली हवाई आक्रमणमा कम्तीमा ६० जना नागरिकको ज्यान गएको छ । मारिनेमा बालबालिका र महिलाहरू पनि रहेका छन् ।
गत भदौं २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा नेपालगन्जमा जडान गरिएका ट्राफिक बत्तीमा क्षति गरिएपछि यहाँको ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ ।