जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ।
इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा २४ बालबालिकासहित ९१ जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको केही समय पछि इजरायलले बुधबार गाजा युद्धविरामको “नयाँ अध्यायको” घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट सम्भव नभएको बताउनुभएको छ ।
जेनजीको आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट फरार एक कैदी सप्तरीमा पक्राउ परेका छन् ।
नेपाल नर्सिङ सङ्घले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टिम लुम्बिनी लायन्सले शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘होम बैंक पार्टनर’ छनोट गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन टेलिभिजनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आज मन्त्रालयमा अनलाइन टिटी पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा त्रिपक्षीय छलफल सुरु भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा राजनीतिक दल, सरकार र जेनजी समूहका प्रतिनिधि सहभागी छन्।
उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी र लुटपाटमा संलग्न पाँचजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्टरूपमा बताउनुभएको छ ।
मृतक पक्षले दिएको किटानी जाहेरीका आधारमा शिखर नगरपालिका–११ घर भएका रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पालले बताउनुभयो ।
पथरी–११ फुटबल क्लबले पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरेको छ ।
प्यालेस्टिनी क्षेत्रको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले सदस्य राष्ट्रलाई गाजा पट्टीमा युद्धको अन्त्य गरी प्यालेस्टिनी आत्मनिर्णयको अधिकारका रक्षा गर्न प्यालेस्टिनी राज्यको मान्यताको लागि अन्तर्राष्ट्रिय समर्थन सुनिश्चित गर्न आग्रह गरेको छ ।
नामिबियाका कप्तान जेर्हाड इरसमसले लगातार दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट काठमान्डु गोर्खाजबाट खेल्नुहुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।