नामिबियाका कप्तान जेर्हाड इरसमसले लगातार दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट काठमान्डु गोर्खाजबाट खेल्नुहुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (भैरहवा मेडिकल कलेज) मा कार्यरत नर्सिङ तथा प्यारामेडिक्सको माग सम्बोधनमा प्रशासनले आलटाल गरेको छ ।
भियतनामको मध्य क्षेत्रमा आएको बाढीको कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना बेपत्ता रहेको सरकारी समाचार पोर्टलले बुधबार जनाएको छ ।
सरकार र रजनीतिक दलसँग वार्ता गर्र्ने जेनजीका १३ प्रतिनिधिको नाम सार्वजनिक भएको छ।
नेपालले यस शृङ्खलाको दोस्रो खेल बिहीबार युएईसँग खेल्नेछ । अमेरिकासँगको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाललाई घरेलु टोली युएई पन्छाउन थप मेहनत गर्नुपर्नेछ ।
सानैदेखि पढाइमा रूचि राख्दै आउनुभएकी जिल्लाको तिरहुत गाउँपालिका –५ लोहजाराकी १८ वर्षिया अनुसाकुमारी सदा ८ हजार रूपियाँ तिर्न नसकेर कक्षा १२ उत्तीर्ण गरेको लाव्धाङ्कपत्र निकाल्न सक्नुभएको छैन । त्यसको अभावमा उहाँको उच्च शिक्षाको बाटो रोकिएको छ ।
म्यान्माका निर्वाचन अधिकारीहरूले बुधबार घोषणा गर्दै आगामी जुन्ता-सञ्चालित निर्वाचनलाई अन्तर्राष्ट्रिय मिडियाले प्रत्यक्ष कभर गर्न सक्ने बताएका छन् ।
धनकुटाका किसानले उत्पादन गरेको अकबरे खोर्सानीकाे बजार भाउ घटेपछि किसान चिन्तित बनेका छन् । व्यवसायिक रुपमा खेती गर्दै आएका किसानले उत्पादन गरेको अकबरे खोर्सानीको उचित बजार मूल्य नपाउँदा किसान चिन्तित बनेका हुन् ।
बङ्गलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र युएनडिपीका प्रतिनिधि मण्डलबिच भेटवार्ता भएको छ।
यस वर्ष कैलालीको किसानका धान उत्पादन राम्रो भएको बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कोटा घटाएर धान खरिद गर्न सुरु गरेको छ ।
प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीका २५ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिकाहरू एजेन्सीले स्थापना गरेको अस्थायी सिकाइमा सहभागी भएको पुष्टि गरेको छ ।
स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्नमा समस्या भएको छ । नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर बिसर्जन हुँदै आएका क्षेत्रका प्रभावित स्थानीयको अवरोधको कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडी विसर्जन नगरी फर्किएका छन् ।