• ११ कात्तिक २०८२, मङ्गलबार

पोकली समाजको अध्यक्षमा ढुङ्गेल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ११ गते । पोकली झरना सेवा समाजको अध्यक्षमा कृष्ण ढुङ्गेल निर्वाचित हुनुभएको छ । ओखलढुङ्गामा रहेको पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । यसको उचाइ १३० मिटर रहेको छ । समाजको सोमबार सम्पन्न नवौँ साधारण सभाबाट ढुङ्गेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । निर्वाचित उपाध्यक्षमा लक्ष्मण बराल र जनार्दन अधिकारी, महासचिव प्रतिरोध सुवेदी, सचिव खेमराज ढुङ्गेल, कोषाध्यक्ष गीता घिमिरे, सहसचिव ज्योति रूपाचा, सहकोषाध्यक्ष सुजन घिमिरे रहनुभएको छ । यसै गरी सदस्यहरूमा विष्णु सुवेदी, प्रमिला दाहाल र रीता भट्टराई निर्वाचित हुनुभएको छ ।