• ९ कात्तिक २०८२, आइतबार

गुल्मीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

blog

तिलाचन पाण्डे
तम्घास(गुल्मी), कात्तिक ९ गते ।
गुल्मीमा गएराती ट्याक्टर दुर्घटना हुँदा सह—चालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार जिल्लाको मदाने गाउँपालिका– १ अग्लुङफेदीबाट पैयापाटा जादैँ गरेको रा १ त ३५०२ नम्वरको ट्याक्टरको ब्रेक फेल भएको जानकारी पाउनासाथ हाम फल्दा १९ वर्षीय मेघराज पुनको घटनास्थलमै ज्यान गएको हो ।  

पुनको स्थायी ठेगाना प्युठान जिल्ला गौमुखी तीन रजवार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।