जिल्लाका स्वयंसेवी रक्तदाताले सङ्गठित भएर स्थापना गरेको ब्लड डोनर्स सोसाइटी नेपालले देशभर बिरामी र रक्तदातालाई जोड्ने काम गर्दै आएको छ ।
गुल्मी चन्द्रकोट गाउँपालिका–५, किटनीका ६८ वर्षीय धनबहादुर बिटालुको गोठमा आगलागी हुँदा १४ वटा बाख्रा जलेर मरेका छ्न्।
नेपाली समाजमा प्रचलित तीन नाचको संरक्षणमा यहाँको तीन पुस्ता जुटेको छ । तुलसीपुर उपमहानगरपालिका वडा १९ र १८ का तीन पुस्ताले मयुर, सोरठी, सिङ्गारु नाच संरक्षणका लागि तीन पुस्ता जुटेको हो ।
नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारको रौनक सकिएसँगै अब भने छठ पर्वको तयारी भइरहेको छ । तराईमा मात्रै मनाइने छठ पर्व आजभोलि राजधानीमै बाक्लिँदै गएको छ ।
सिमकोट गाउँपालिका–७, डाँडाफयामा भालुले आतङ्क मच्चाएको छ । सो गाउँका स्थानीयको घरआँगनमै भालु पसेर मौरीघार तोडफोड गरी मह खाएर नोक्सानी गर्नेगरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले यही कात्तिक १२ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा बोलाएको छ । विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न बैठक बोलाइएको हो ।
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका वडा नम्बर २१ का दलित बस्तीमा छठ पूजा गर्नको लागि साडी वितरण गर्नु भएको छ ।
तिहारमा करिब १३ क्विन्टल सयपत्री फूल बिक्री गर्नुभएका बाँके कोहलपुरका एक युवा व्यवसायीले यस पटक फूलको माग विगतभन्दा धेरै भएपछि माग पूरा गर्न नसकेको बताउनुभएको छ ।
कहिलेकाहीँ कथा लेख्ने मान्छे आफैँले प्रेरणादायी कथा बोकेको हुन्छ । अरुका कथा आफूले लेखिदिए पनि आफूभित्र लुकेको कथा पत्रकारका कलमले नलेखेको हुन सक्छ ।
जुम्लाको पातारासीमा आगलागीबाट जलेर घर नष्ट भएको छ । पातारासी गाउँपालिका –४, डिल्लीचौरमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको हो ।
दिपावली समापनसँगै मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाउन थालिएको छठ पर्वको तयारीमा स्थानीय जनसमुदाय तिब्र रूपले जुटेका छन् ।
दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित दुई पुरुष मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल–५, पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत भेटिएका हुन् ।
नेपाली भूमि जो पर्यटकी क्षेत्रमा प्रवेशद्धारका रूपमा रहेको सल्ली, न्यालु, टाक्चीदेखि लाप्चासम्म अघिल्लो मात्र नभएर पछिल्लो सञ्चार प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ ।
बैतडीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–६, सुकेलीका करिब ५८ वर्षीय प्रेमसिंह बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।