जीवछ यादव
लहान, कातिक ७ गते । लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले लहान नगरपालिका वडा नम्बर २१ का दलित बस्तीमा छठ पूजा गर्नका लागि साडी वितरण गर्नु भएको छ ।
लहानको दुर्गा मन्दिरमा दुर्गा पूजाको समयमा मन्दिरमा चढाएको नयाँ साडी ८० थान र थप एक सय गरेर १८० थान साडी आज दलित बस्ती लहान–२१, बेतहा र कलाबञ्जरमा वितरण गर्नु भएको हो ।
दलित समुदायको समस्यालाई समाधान गर्न जहिले पनि पहिलो प्राथमिकता दिइरहनु भएको लहान नगर प्रमुख समक्ष समस्या राख्दा तुरुन्तै समाधान गरिरहनु भएको लहान–२१ का वडाध्यक्ष राजकुमार यादवले बताउनुभयो । छठ पर्वको लागि पोखरी घाट सरसफाइ र हरेक विद्युत् पोलमा बल्ब लगाउने कार्य समेत भइरहेको उहाँले सुनाउनुभयो ।
छठ पर्वको अवसरमा साडी वितरण, दुःख परेको बेला राहत बालबालिकाको पढनका लागि शैक्षिक सामग्री लगायत जतिबेला पनि दुखसुखमा साथ दिइरहेको साडी ग्रहण गर्दै बेतहाका सविता सदायले सुनाउँदैै जनप्रतिनिधि अभिावकको रूपमा पाएको खुसी सुनाउनुभयो ।
दसैं दिपाविली र छठ पर्वको बिचमा लहान वडा नम्बर १, १५,१८ २४ गरी तीन वटा वडामा सात जना दलित समुदायको मृत्यु भएको खबर सुनेर राहत लिएर घरै सम्म पुगेर राहत वितरण गरेको नगर प्रमुख चौधरीले बताउनुभयो । उहाँले थप्नुभयो,‘‘मुसहर समुदायको सुरक्षित बस्ती निर्माण कार्यक्रम अन्तर्गत फुसको घर विस्थापित गर्न जस्तापाता वितरण कार्यक्रम अब सुरु गर्ने छौ ।’’
दलित समुदायको मृत्युहुँदा एक क्विन्टल चावल,पाँँच किलो दाल,पाँच किलो नून ,चना ,मोटर राहत दिनका लागि वर्षको पचीस लाख बजेट विनियोजन गरेको नगर प्रमुख चौधरीले बताउनुभयो ।
दलित समुदाय मृत्यु खबर सुनेर राहत लिएर दैलोमा पुग्ने बिरामी भएकोलाई उपचार गराउने दलित समुदायको अभिभावक नै लहान नगरपालिका प्रमुख चौधरी बनेको दलित महिला अधिकारकर्मी सोनिया सदायले बताउनुभयो ।