नेपाल-भारत सीमा क्षेत्र गौरीफन्टा नाकालाई व्यवस्थित गर्न पहल गर्ने परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बताउनुभएको छ ।
विश्व वातावरण दिवसको अवसरमा लमजुङको मर्स्याङ्दी गाउँपालिकाले ‘सफा मर्स्याङ्दी अभियान’ सञ्चालन गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बर्दघाटबाट दुम्कीवास आउजाउ गर्न १२ घण्टासम्म जाममा बस्नु परेको यात्रुले गुनासो गरेका छन् । शुक्रबार त्रिवेणीबाट नवलपुर सदरमुकाम कावासोती आउन हिँडेका त्रिवेणीका पदम रानाले बर्दघाटबाट कावासोती आउ र बर्दघाट फर्कन १२ घण्टासम्म समय लागेको बताउनुभयो ।
सप्तकोशी नदीमा पाइने दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिनको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । चार दिनसम्म गरिएको गणनाले सप्तनदीमा डल्फिनको संख्या वृद्धि भएको पुष्टि गरेको हो ।
सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ । गौरीफन्टा र गड्डाचौकी नाकामा भारतबाट नेपाल फर्किनेहरूमा कोभिड सङ्क्रमण देखिन थाले पनि परीक्षण गर्ने किट अभाव हुदाँ थप परीक्षण हुन सकेको छैन ।
सिनेमा शिक्षाको माध्यमबाट विद्यार्थीमा सृजनशीलता, चेतना र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यले चलचित्र साक्षरता कार्यक्रम गरिएकाे छ ।
पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ । सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि ट्राफिक जनचेतना सप्ताह शुभारम्भ गरिएको हो ।
धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वातावरणीय न्यायका पक्षमा आवाज बुलन्द गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
गृहमन्त्री रमेश लेखकले इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रियालाई अझै सहज बनाउन लागिएको बताउनु भएको छ ।
सुदूरपश्चिम प्रदेशस्थित पहाडी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रको जैविक विविधता संरक्षणसहित वनस्पति तथा वन्यजन्तुको अवैध चोरी निकासी नियन्त्रणका लागि सम्बद्ध क्षेत्रका अधिकारीहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामाले उद्धार कार्यका लागि आवश्यक उपकरणहरू खरिदमा प्रदेश सरकारले बजेट व्यवस्था गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज धनुषा जिल्ला आउन लाग्नुभएको छ । उहाँले जिल्लाको दुई कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।
वर्षातको समयमा हुनसक्ने सम्भावित विपद्को पूर्वतयारी र जोखिम न्यूनीकरणका लागि विशेष सतर्कता अपनाउन सल्यानको कालिमाटी गाउँपालिकाले अपिल गरेको छ ।