लोकआस्थाको महान् पर्व छठ नजिकिएसँगै तराई–मधेशका जिल्लाहरूमा अहिले छठघाटको व्यवस्थापन र सरसफाइले तीव्रता पाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।
आहाराको खोजीमा समर गाउँमा आएको हिउँ चितुवालाई नेपालमै पहिलोपटक खोरमा ट्याप गरी नियन्त्रणमा लिएको थियो । हिउँ चितुवा भेटिएको समर र थर्लुङ फाँटमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले दुर्लभ हिउँ चितुवाको बसस्थान, आनीबानी र उपस्थितिबारे बुझ्न १५ वटा क्यामेरा जडान गरिएको थियो ।
राजविराज बजारमा प्रतिबन्ध लगाइएको प्लास्टिकको फूल, माला खुलेयाम बिक्री भइरहदा समेत स्थानीय प्रशासन मौन रहेको छ ।
जिल्ला समन्वयले आयोजना गरेको तीन दिने वार्षिक समीक्षामा जिल्लाको प्रतिनिधित्व गर्ने तीन जना सङ्घीय सांसद र ११ जना प्रदेश सांसदमध्ये गण्डकी प्रदेशका सांसद दिपेन्द्र बहादुर थापामात्रै तीन दिन उपस्थित हुनुभएको थियो ।
रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ
सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाइ कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन् ।
शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका –७ कालीथान मेलामा तीनदिने कुस्ती प्रतियोगिताअन्तर्गत दोस्रो दिन सात वटा कुस्ती सम्पन्न भएको छ ।
प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन ।
प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ ।
दसैँअघि साङ्गीतिक प्रस्तुतिका लागि बेलायत पुग्नुभएका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको साङ्गीतिक यात्रामा हुनुहुन्छ ।
आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिरको संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवर्धनका उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको छ ।