गुल्मीमा एक क्लब जसले तिहारमा खेलेको देउसीभैलोबाट सङ्कलन गरेको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छ।
साउदी अरेबियाले बुधबार राति एक वरिष्ठ अति रूढीवादी इस्लामिक विद्वान शेख सालेह बिन फावजान अल-फावजानलाई देशको नयाँ ग्रान्ड मुफ्ती, अर्थात् राज्यको सर्वोच्च धार्मिक विद्वानका रूपमा नियुक्त गरेको छ ।
बेलायतका प्रधानमन्त्री केरी स्टार्मरले संयुक्त राज्य अमेरिकाद्वारा रुसका दुई प्रमुख तेल कम्पनी रोजनेफ्ट र लुकोइल माथि लगाइएको ‘पर्याप्त प्रतिबन्धको स्वागत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘अनावश्यक आक्रामकता’ को अन्त्यको माग गर्नु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट शुभ साइतमा २०८२ सालको तिहारको टीका ग्रहण गर्नुभएको छ । भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले आज बहिनीहरुबाट भाइटीका लगाउनु भएको हो ।
बेनी (जोमसोम) कोरोला सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४, घ्हैकु गाउँबाट बिहीबार बिहान देखिएको धौलागिरि हिमाल र आसपासका क्षेत्र।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका रणनीतिक आणविक शक्तिको व्यापक सैन्य अभ्यास सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।
विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ ।
तिहार (बलिहाङ तङ्नाम) को अवसरमा ताप्लेजुङका लिम्बू समुदायले च्याब्रुङ नाच नाचेर देउसीभैलो खेलिरहेका छन् । तिहार पर्वलाई मनोरञ्जनपूर्ण बनाउने र आफ्नो मौलिक संस्कृतिको संरक्षण साथै प्रवर्धन गर्ने उद्देश्यससहित यहाँका लिम्बू समुदायले च्याब्रुङ नाच (केःलाङ) नाचेर देउसीभैलो खेलेका हुन् ।
सप्तरीको तिरहुत गाउँपालिका–५, लोहजाराद्वारा सञ्चालित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता २०८२ को उपाधि प्रोग्रेसिभ युवा क्लब सप्तकोसी सप्तरीले हात पारेको छ ।
यहाँस्थित बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशी र केही व्यक्तिबिच झगडा हुँदा कुटपिटले राजवंशी घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
नाम्खा गाउँपालिका–६, लिमीको इलाका प्रहरी चौकी सुनखानीका प्रहरी जिल्लामा फिर्ता हुनुभएको छ । असोज २४ र २५ गते परेको हिमपातले चिसो बढेपछि चौकीका प्रहरीहरु चौकी बन्द गरेर जिल्लामा फर्किनु भएको हो ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५१ अौँ महासभाको सन्दर्भमा जेनेभामा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष दाहालले अष्ट्रेलियन सभामुखसँग भेट गर्नुभएको हो।
तिहारसँगै यहाँका विभिन्न स्थानमा जात्राको रौनक सुरु भएको छ । भाइटिका अर्थात द्वितीया तिथिबाट सुरु हुने जात्रा पूर्णिमाको दिन सकिन्छ ।
उत्तर कोरियाले आफ्नो सुरक्षात्मक क्षमतामा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले हाइपरसोनिक मिसाइल प्रयोग गरिएको ‘अत्याधुनिक’ नयाँ हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ ।
प्रकृति संरक्षणको क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले सङ्कटापन्न सूचीमा सूचीकृत सालक संरक्षणमा मकवानपुरका सामुदायिक वनका प्रतिनिधिहरु सक्रिय हुनुभएको छ ।