नेपाल विश्वमै जलवायु परिवर्तनको उच्च जोखिममा छ ।
अस्ट्रेलियाका वैज्ञानिकहरूले भवन निर्माण र भत्काउने क्रममा निस्कने फोहोर लागेका काठ छुट्याउन सक्ने नयाँ प्रविधि विकास गरेका छन् । यो प्रविधिले काठमा रङ, तेल, फलाम, सिमेन्ट जस्ता वस्तु लागेको भए पनि ९१ प्रतिशतसम्म शुद्धताका साथ छुट्याउन सक्छ ।
नेपाल–भारत सीमा क्षेत्रमा हुने वन्यजन्तुको चोरी सिकारी अवैध व्यापार नियन्त्रणका लागि सूचना तथा तथ्य र तथ्याङ्क आदान–प्रदान गरेर अपराध नियन्त्रण गर्न नेपाल र भारतका सरकारी अधिकारीबिच सहमति भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बुधबार ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को अवलोकन गर्नुभएको छ ।
वेज प्रालिको प्रस्तुति रहेको चलचित्र ‘ताराहरू’ को पहिलो पोस्टर सार्वजनिक भएको छ ।
गुल्मीको घमिर–सिलादी सडक एक हप्ता बन्द हुने भएको छ । यो सडक कालोपत्रे तथा ढलानका लागि बन्द हुने गाउँपालिकाले प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
गायिका अञ्जु श्रेष्ठको नयाँ गजल ‘यो माया नि कस्तो’ भिडियोसहित सार्वजनिक भएको छ । भूपेन्द्र महतको शब्द, दीप घतानीको सङ्गीत र सञ्जीव बराइलीको सङ्गीत संयोजन रहेको भिडियोमा गायिका श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण बिहीबार कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न सूचीकृत तीन वटा स्वास्थ्य संस्था खारेज गरेको छ । मन्त्रालयले तोकेको समय सीमाभित्र नवीकरण नगर्ने काठमाडौँस्थित स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, काठमाडौँ गोङ्गबुको रोज इन्टरनेसनल मेडिकल
विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्लास्टिक प्रदूषण अन्त्य गर्दै स्वच्छ वातावरण निर्माणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
सरकारले घरजग्गा कारोबार गर्दा बैङ्क स्टेटमेन्ट अनिवार्य गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै सम्पत्ति शद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गरेर घरजग्गा कारोबारमा संलग्न दुवै पक्षको बैङ्क विवरणलाई प्रमाणका रूपमा पेस गर्नुपर्न व्यवस्था गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । बिहीबार विश्व वातावरण दिवस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले प्रकृतिमुखी जीवनशैली अवलम्बनमा जोड दिनुभएको हो ।
राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति हुन बाँकी एक मात्र जिल्ला हुम्लामा प्रसारण लाइन विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र रूपमा भइरहेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासमा मुलुकले खेप्दै आएको स्रोतको कमी पूर्ति गर्न सरकारले अघि सारेको वैकल्पिक वित्त कोषले सघाउने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण, रोजगार वृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुझाव प्रस्तुत गरेको छ ।