एउटा दलित परिवारको सङ्घर्ष । जसले सपना देख्न कहिल्यै छाडेनन् । इँटा भट्टाको तातो धुवाँ र धुलोबिच पसिना बगाउँदै, जातीय अपमान र चरम गरिबीका बाबजुद पनि पढाइलाई कहिल्यै छाडेनन् । कपिलवस्तुको बहादुरगञ्ज निवासी सन्तराम हरिजन जीवनको हरेक मोडमा सङ्घर्षसँग लड्दै, आफ्ना सन्तानहरूको उज्ज्वल भविष्यको सपना देखिरहे । कृष्णनगर नगरपालिका–८, बहादुर गन्जकी स्मृति हरिजन मधेसी दलित समुदाय (विशेष गरी चमार, डोम, मुसहर, बादी) बाट उहाँ हालसम्मकै पहिलो महिला चिकित्सक बन्न सफल भएकी छिन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा तीन दिने तालिम बुधबारदेखि सुरु भएको हो ।
उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका ४ मा समुन्द्री सतहबाट ४ हजार आठ सय ९० मिटर उचाइमा रहेको दामोदर कुण्डमा जेठ २० गते देखि खुल्ला गरिएको सुर्खाङ प्रहरी चौकीले जनाएको छ ।
जिल्लाको लुङ्ग्री गाउँपालिका–६ मा रुख काट्ने क्रममा मुढा पल्टिँदा एक जना महिलाको ज्यान गएको छ । मङ्गलबार कालीमाटी सामुदायिक वनमा रुख काट्दै गर्दा लुङ्ग्री गाउँपालिका–६ उपल्लो गुम्चाल दरालसिमकी २६ वर्षीया प्रतीक्षा बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवाग्राहीको सहजताका लागि विद्युतीय टोकन प्रणाली थालेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले निजी क्षेत्रलाई समेटेर विकासको खाका तयार गर्नुपर्ने बताउनु भएको छ।
किर्गिजस्तानको एक अदालतले देशमा भ्रष्टाचार र व्यापक अशान्तिमा संलग्नता भएको अभियोगमा एक निर्वासित पूर्व राष्ट्रपतिलाई ११ वर्षभन्दा बढी जेल सजाय सुनाएको छ ।
ताप्लेजुङमा युवकलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा फुङ्लिङ नगरपालिका छ का अर्जुन गुरुङ पक्राउ परेका छन्।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार मात्र बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक ३:१५ बजेका लागि सरेको थियो।
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिमपश्चात दीक्षित भएका जवानहररू ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले विभिन्न कारणले जिल्लामा १६ जना सुत्केरी आमा तथा ८८ वटा शिशुको चालु आवमा ज्यान गएको बताउनुभयो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९७ अङ्कले घटेर दुई हजार ६४६ दशमलव ९५ को विन्दुमा कायम भएको हो ।
तीन साता लामो अन्नपूर्ण चक्रीय पदमार्गको यात्राबारे पर्यटक सुनेर, पढेर र देखेर अनेक कल्पना गरेका हुन्छन् । सुन्दर हिमालको काखमा हिँड्दा स्वर्गीय आनन्द हुने परिकल्पना गर्न स्वाभाविकै हो ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा टाइम्स बास्केटबल क्लब र रोयलले जित हात पारेका छन् ।
गङ्गा दसहराको अवसरमा कैलारीले पालिकामा एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो। गङ्गा दसहरा ऐतिहासिक र धार्मिक पर्वको रूपमा विशेष आस्था र महत्त्वका साथ मनाउँदै आएको भन्दै सो पालिकाले स्थानीय सार्वजनिक बिदा दिएको छ।