पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
तिहारको अवसरमा सर्लाही, रौतहट, बारा र महोत्तरीका दृष्टिविहीन मिलेर देउसीभैलो खेलिरहेका छन् । सांस्कृतिक जगेर्ना गर्ने मुख्य उद्देश्यसहित दृष्टिविहीनले तीन दिनदेखि देउसीभैलो खेलिरहेका हुन् ।
करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ ।
गुल्मीमा सडक कालोपत्रे गर्न संरचना बनाउने काम धमाधम भएको छ। जिल्लाको सदरमुकाम तम्घासको बाख्रेछेडा भाडगाउँ रातडाँडा सडक कालोपत्रे गर्न धमाधम संरचना तयार भइरहेका छन्।
म्याग्दीको मंगला गाउँपालिका –५ अर्मनका लोकगायक प्रकाश दुतराजको पछिल्लो गीत ‘छैन र माया’ को युट्युबमा एक करोड भन्दा बढी भ्युज पुगेको छ ।
यसपटक तिहारमा मागअनुसार झिनियाँ पु¥याउन नसकिएको व्यवसायीले बताएका छन् । तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् ।
सप्तरीको राजविराज नगरपालिका –१५ देउरी भरुवास्थित एक युवक आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ ।
उच्च पहाडी तथा हिमाली भेगमो खोज तथा उद्धारलाई प्रभावकारी बनाउन महिला प्रहरीको टोलीले नेपाल र चिनको सिमानसम्म स्थलगत अवलोकन गरेका छन् ।
गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै हुनुहुन्थ्यो । माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उहाँलाई के थाहा ? तर भइदियो त्यस्तै ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले जसपा नेपाल छठ पर्वपछि मधेश प्रदेश सरकारमा सहभागी हुने बताउनुभएको छ ।
पिताजी कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जाको धरिनडाँडामा साहित्यिक पत्रिका ‘धरणी’ सार्वजनिक गरिएको छ ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले नेपालीहरूको दोस्रो ठूलो राष्ट्रिय पर्व तिहार (दीपावली) २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण लुम्बिनी प्रदेशवासीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
बङ्गलादेशको एक अदालतले सन् २०२४ को सैनिक विद्रोहका क्रममा जबरजस्ती बेपत्ता र अत्याचार गरेको आरोपमा १५ जना वरिष्ठ सेना अधिकारीलाई बुधबार हिरासतमा पठाएको छ ।