• ६ कात्तिक २०८२, बिहिबार

एक युवकको शव फेला

blog

देवराम यादव

सप्तरी, कात्तिक ६ गते । सप्तरीको राजविराज नगरपालिका –१५ देउरी भरुवास्थित एक युवक आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

नगरपालिका–१५ देउरी भरुवा देवलाल यादवका छोरा अन्दाजी ३० वर्षीय सञ्जय यादवको शव मङ्गलबार राति घरभित्रै पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरायसी झैँझगडाको तनावका कारण सञ्जयले आत्महत्या गरेको अनुमान गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाइ शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।