शेरबहादुर सार्की
बाजुरा, कात्तिक ७ गते । बाजुराको हिमाली गाउँपालिका–६ का धिमका विन्दराज पाण्डेले दुध बिक्री गरी मासिक ३० हजार आम्दानी गर्दै आउनुभएको छ ।
यहाँका सबै रोजगारी गर्नका लागि जिल्ला बाहिर तथा भारतका विभिन्न ठाउँमा जाने गरेको भए पनि पाण्डेले गाउँमै भैसी पालेर मासिक ३० हजार आम्दानी गर्दै आउनु भएको होे ।
पहिलादेखि गाउँमै बस्ने र भैँसी पाल्ने अनि दुध बिक्री गरेर घर परिवार चलाउँदै आउनुभएका पाण्डे अहिले बिहान बेलुकी दुध बिक्री गर्दै आउनुभएको हो । उहाँ कामको खोजीका लागि पहिलादेखि अहिलेसम्म कतै जानु भएको छैन् ।
उहाँले गाउँमै भैँसी लापेर यहाँका विभिन्न बजारमा दुध बिक्री गर्दै आएपछि अहिले मासिक तीस हजार आम्दानी गर्नुभएको हो । यहाँका सबैले गाउँ बाहिर गएर घरमा छोराछोरी पढाउने गरेको भए पनि विन्दराज पाण्डेले भनेर बजारमा भैसीको दुध बिक्री गरेर नै छोरालाई राम्रोसँग पढाउनुभयो ।
अहिले उहाँको छोरा गाउँकै भवानी माविमा पढाउनुहुन्छ । गाउँका सबै रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा हिउँद वर्षामै काम गर्न जाने भए पनि आफू कतै नगएको हिमाली गाउँपालिका–६, धिमका विन्दराज पाण्डेले बताउनभुयो ।
उहाँले भन्नुभयो, “अहिले मैले घरमा सधैं दुई भैसी पाल्ने गर्छु । एक दुनु भए अर्को बियाउने हुन्छ । यसलेगर्दा घरमा कहिल्यै पनि दुध खाली हुँदैन । यसै दुध बिक्री गरेर मैले छोरालाई राम्रोसँग पढाएको छु ।”
अहिले छोरा पनि गाउँकै भवानी माविमा शिक्षक छ । रोजगारी गर्नका लागि कतै नगएर गाउँमै भैँसी पाल्ने गर्दा अहिले घरपरिवार पनि राम्रोसँग चलेको पाण्डेले बताउनुभयो ।
गाउँमा राम्रो भैँसी पालन गर्नेका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेका छौं । ती कार्यक्रमले यहाँका धेरै किसानलाई भैसी पाल्न निकै सहज भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।