सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ ।
नेपालमा सयौँ वर्षदेखि केही नेपालीलाई नेपालीले होचो अर्घेलो देख्ने, हेप्ने, तिरस्कार गर्ने जुन सामन्ती सोच र चिन्तन थियो, त्यो खराब चिन्तनमा केही वर्षदेखि न्यूनीकरण हुँदै गएको अनुभव गर्न थालिएको छ ।
१. उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि कति राशिको बजेट प्रस्तुत गरियो ? रु. १९ खर्ब ६४ अर्ब ११ करोड
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६५ पैसा र बिक्रीदर १३७ रुपियाँ २५ पैसा कायम भएको छ ।
सहभागितामूलक बजेट १. सहभागितामूलक बजेटको अवधारणा माथि प्रकाश पार्दै स्थानीय तहमा अवलम्बन गरिएको सहभागितामूलक बजेट तर्जुमा प्रक्रियाका सम्बन्धमा चर्चा गर्नुहोस् । नेपालमा सहभागितामूलक बजेट तर्जुमा प्रभावकारी नहुनुका कारण प्रस्तुत गर्नुहोस् । नागरिक भेला भई स्थानीय आवश्यकता र प्राथमिकताका विषयमा छलफल गरी बजेट बाँडफाँट गर्ने विधिलाई सहभागितामूलक बजेट तर्जुमा प्रक्रियाको रूपमा बुझिन्छ । यसलाई बजेट तर्जुमाको सबैभन्दा बढी लोकतान्त्रिक विधि मानिन्छ । सरकारी पदाधिकारीको मुख्य भूमिका र नियन्त्रण रहने परम्परागत बजेट तर्जुमा विधिभन्दा भिन्न यस विधिमा नागरिकहरू प्रत्यक्ष रूपमा आफ्ना समस्या प्रस्तुत गर्ने, प्राथमिकीकरण गर्ने र स्रोत विनि
लमजुङको मध्यनेपाल नगरपालिकाले बुधबार स्थानीयस्तरमा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा नगरपालिकाभित्र सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।
फिलिपिन्सको मनिलामा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘रनवे मोडल युनिभर्स २०२५’ मा नेपालका रोनिश खड्गी उपविजेता बन्नुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ ।
बागमती प्रदेश सरकारले प्रदेश सरकार स्थापनाको सात वर्षपछि चलचित्र क्षेत्रलाई व्यवस्थित र प्रदेशको आम्दानीको स्रोत बनाउन प्रदेश चलचित्रसम्बन्धी विधेयक ल्याएको छ ।
यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।
विद्यालय पढ्दा सामान्य देउडाबाट गायन सुरु गर्नुभएकी खाँडाचक्र नगरपालिका–११ की शान्तीकुमारी शाहीलाई लोकदेउडा, लोकदोहोरी हुँदै भजनसम्म पुग्छु भन्ने आफैँलाई लागेको थिएन ।
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ताप्लेजुङका स्थानीय तहले वर्षायाम सुरु भएसँगै गोलिया काठ निकासी तथा ओसारपसार गर्न प्रतिबन्ध लगाउन थालेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले स्वेदशमा घरेलु श्रमिकका रूपमा काम गर्ने श्रमिकको अधिकार सुरक्षाको विषय कानुनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।