टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी) कात्तिक ५ गते । तिहार तथा न्यू शिवदर्शन युवा क्लबको प्रथम वार्षिक उत्सवको अवसरमा सञ्चालन भएको खुला भलिबल प्रतियोगीताको उपाधि सुर्योदय युवा क्लब बडिगाड गाउँपालिका–८, बाग्लुङ्गले जितेको छ ।
साहारा युवा क्लब इस्मा गाउँपालिका–१ लाई पराजित गर्दै सूर्योदय युवा क्लब बडिगाडले नगद ४० हजार रुपियाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता साहारा युवा क्लबले नगद २५ हजार रुपियाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक न्यू शिवदर्शन युवा क्लबका सचिव रमेश थापाले जानकारी दिनुभयो ।
त्यस्तै एसआर टु मुसिकोटले तृतीय स्थान प्राप्त गर्दै नगद १५ हजार रुपियाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता समूहलाई प्रमुख अतिथी इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले सम्मान गर्नुभएको थियो । भलिबल प्रतियोगीतामा आयोजक पिहत ११ समूहले प्रतिस्पर्धा गरेका थिए । यो क्लब २०८१ सालमा स्थापना भएको हो ।
क्लबले खेलसहित सामाजिक क्षेत्रमा काम गरिरहेको छ । क्लबले तत्काल फोहोर महिला व्यावस्थापन सामग्री वितरणको योजना बनाएको न्यू शिवदर्शन युवा क्लबका उपाध्यक्ष सुन्दर बस्नेतले जानकारी दिनुभयो । क्लबसँग आर्थिक स्रोत छैन् । बर्सेनि सहयोग सङ्कलन अभियान गरेर खेलकुद लगायतका कार्यक्रम गरिरहेको बस्नेतले बताउनुभयो । उहाँले अहिले विभिन्न व्यक्तिहरूबाट साढे दुई लाख रुपियाँ बढी आर्थिक सहयोग प्राप्त भएको बताउनुभयो ।