• ५ कात्तिक २०८२, बुधबार

फुङलिङमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

blog

घाइतेलाई उपचारका लागि अस्पताल लगिदै । तस्बिरः सहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, कात्तिक ५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार बिहान ११ बजे  फुङलिङ नगरपालिका –८ बाहन्नदेनजिक बानियाँ खोल्सीमा मोटरसाइकल दुर्घटना हुँदा दिल तुम्रोक र मुक्साम लिम्बू घाइते हुनुभएको हो । 

फिदिमबाट ताप्लेजुङ स्थित पाथिभरा मन्दिर आँउदै गरेको प्र १–०१–०१४ प ९५१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उहाँहरु घाइते हुनुभएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खसेको थियो । 

मोटरसाइकलमा सवार तुम्रोक गम्भिर घाइते हुनु भएको छ । लिम्बूलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । उहाँहरूको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।