नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले भदौ २३ र २४ को घटना विदेशी योजनाअनुरुप भएकाले त्यसमा नेपालीहरु चनाखो हुनुपर्ने बताउनुभएको छ । एमाले भक्तपुर जिल्ला कमिटीद्वारा मंगलबार आयोजित शुभ दीपावली, नेपाल संवत् ११४६ नयाँ वर्ष तथा छठको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम उहाँले सो कुरा बताउनुभयो ।
इटालीमा विदेशी उद्यमीको सङ्ख्या बढ्दै गएको र आप्रवासी कामदारले सन् २०२४ मा इटालीको अर्थतन्त्र र जनसाङ्खिकीयमा महत्वपूर्ण भूमिका खेलेका सोमबार जारी गरिएको एक रिपोर्टले देखाएको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा वडाको सक्रिय पहलमा १०७ घरमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ ।
सर्लाहीको धनकौलमा मनुष्मारा खोलाले बगाएर बेपत्ता बालिका पाँच दिनपछि मङ्गलबार मृत फेला परेकी छन् ।
युरोपेली संघका सदस्य राष्ट्रले रुसी प्राकृतिक ग्यासको आयातलाई चरणबद्ध रूपमा बन्द गर्ने प्रस्तावमा सहमति जनाएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा आज चार घण्टाभन्दा बढी समय छलफल गर्नुभएको छ। बिहान साढे १० बजे सुरु भएको छलफल सकिएको छ।
हमासले इजरायलसँगको गाजा सम्झौता उल्लङ्घन गर्यो भने यसलाई यसलाई पूर्णरूपमा ‘अन्त्य’ गरिने छ, तर प्यालेस्टिनी लडाकू समूहलाई युद्धविरामको सम्मान गर्ने मौका दिने छन् ।
हरेक बर्षझै यस वर्ष पनि तिहारको किनमेल गर्न नेपालगन्ज र सो वरिपरिका अधिकांश उपभोक्ता सीमापारीको रूपैडिहा बजार पुग्नेगरेका छन् । नेपाली बजार सुनसान पारेर सीमा पारीको बजारमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने गरेको छ ।
पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध आगामी महिना हुने तीन खेलको एकदिवसीय शृङ्खलाका लागि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानको जिम्मेवारी दिएको छ ।
बोलिभियामा सोमबार सयौँ प्रदर्शनकारी मतगणनाका क्रममा धाँधली भएको भन्दै पुन मतगणनाको माग गर्दै सडकमा उत्रिएका छन् ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका –९, मर्स्याङ्दी कृषि फर्मकी अम्बिका कुइँकेलले यो वर्ष कम मात्रामा सयपत्री लगाउनुभयो । तिहारमा उहाँलाई मागअनुसारको फूल पुर्याउन धौधौ भयो ।
तनहुँको व्यास नगरपालिका–१२, कमलाबारीबाट मङ्गलबार देखिएको मनास्लुलगायतका हिमश्रृङ्खला ।
इजरायली लडाकु विमानले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए)ले जनाएको छ ।
तनहुँको भिमाद नगरपालिका–९ का किसानले व्यावसायिक रूपमा डल्ले (अकबरे) खुर्सानीखेती गरेर मनग्य आम्दानी लिन सफल भएका छन् ।
झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा कति झोलुङ्गे पुल छन् भन्ने तथ्याङ्क छैन । तथ्याङ्क नभएको मात्र हैन, कैयौं झोलुङ्गे पुल मर्मत अभावमा लोप भइसकेका छन् ।