यहाँको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
बरहथवा नगरपालिका–१७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर राख्नु गलत भएको बताउनुभएको छ ।
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते र सात जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
स्याङ्जाको आँधीखोला गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । पालिका अध्यक्ष विश्वनाथ पौडेलले “जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस”का अवसरमा पालिकाले बिदा दिने निर्णय गरेको बताउनुभयो ।
गुल्मीमा गणित, अङ्ग्रेजी र विज्ञानका शिक्षक पाउनै मुस्किल भएको छ । धुर्कोट गाउँपालिकाले ज्ञानोदय माध्यमिक विद्यालयमा गणित शिक्षक सङ्घीय अनुदानका लागि चौथो पटक विज्ञापन गर्दा पनि शिक्षक पाउनै मुस्किल भएको गाउँपालिकाले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु ५५ ले बढेको छ ।
जिल्लाको यशोधरा गाँउपालिका–८ शिहोखोरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । महाराजगन्ज तर्फ जाँदै गरेको जामिया अहले सुन्नत नजिया स्कुलको बसको ठक्करबाट बिहान सवा ८ बजे तीन वर्षीय बालिकाको मृत्यु भएको हो ।
सोमबार दिउँसोबाट सञ्चालनमा आएको भेडेटार–रवि–राँके सडक फेरि पहिरोले अवरुद्ध भएको छ ।धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ को लुम्फाजुङमा झरेको ठुलो पहिरोले भेडेटार–रवि–राँके सडकखण्डअन्तर्गत भेडेटार–डाँडाबजार सडक अवरुद्ध भएको हो ।
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले मङ्गलबार पनि दुई वटा बस सञ्चालन गरेको छ ।
जुम्लाको हिम गाउँपालिका–१ स्थित आचार्यलिही गाउँमा सालनालसहितको एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
अन्नपूर्ण हीरक महोत्सवको अवसरमा आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगितामा कुशल पुर्जा प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका २४ वर्षीय पुर्जाले दुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा करिब ३६ किलोमिटर दूरी पार गरेर अन्नपूर्ण म्याराथन दौड प्रतियोगिताको उपाधि हासिल गर्नुभएको हो ।
नवलपरासी पूर्व (नवलपुरको) एउटै पालिकाबाट ३० करोड रुपिँयाभन्दा बढीको काँक्रो बिक्री भएको छ । यहाँको हुप्सेकोट गाउँपालिकाबाट मात्रै ३० करोड ५० लाख रुपिँया बराबरको काँक्रो बिक्री भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेशकुमार भट्टराईले युवालाई देशभित्र सम्मानजनक काम गर्ने वातावरण सृजना गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
के तपाईंलाई बारम्बार टाउको दुख्छ ? बान्ता हुने या मुर्छा पर्ने समस्या छ ? यदि यस्तो छ भने बेवास्ता नगरी चिकित्सकको परामर्श लिनुहोस् । यस्तो समस्या ब्रेन ट्युमरजस्तो गम्भीर रोगको लक्षण पनि हुन सक्छ ।