लापाज, कोलिभिया, कात्तिक ४ गते । बोलिभियामा सोमबार सयौँ प्रदर्शनकारी मतगणनाका क्रममा धाँधली भएको भन्दै पुन मतगणनाको माग गर्दै सडकमा उत्रिएका छन् । देशको नयाँ ५८ वर्षीय अर्थशास्त्री रोड्रिगो पाजले मध्य-दक्षिणपन्थी नेता जर्ज क्विरोगालाई पराजीत गरेपछि उहाँलाई राष्ट्रपति घोषणा गरिएसँगै यो विरोध प्रदर्शन भएको हो ।
मध्य-दक्षिणपन्थी नेता जर्ज क्विरोगा
पाजले आइतवार भएको दोस्रो चरणको निर्वाचनमा ५४.५ प्रतिशत मत प्राप्त गरी पूर्व दक्षिणपन्थी राष्ट्रपति क्विरोगाविरूद्ध विजयी हुनुभएको थियो । प्रदर्शनकारीले निर्वाचनमा ‘धाँधली’ भएको नारा लगाए र राष्ट्रपति र संसदीय कार्यालय रहेको ला पाजको स्क्वायरमा मार्च गर्ने प्रयास गरेका थिए तर प्रहरीले कुनै पनि झडपको रिपोर्ट बिना उनीहरूलाई तितरबितर पारेको थियो ।
त्यसपछि, क्विरोगाले हार स्वीकार गर्दै पाजलाई बधाई दिनुभयो तर अनियमितताको आरोपको जवाफमा आगामी दिनमा प्रमाणित रेकर्ड खोजिने आश्वासन समर्थकलाई दिनुभएको छ । सामाजिक सञ्जालमा कैयौँ आरोप लगाइएको छ तर अझै प्रमाणित भएको छैन । पाजको विजयसँगै चार दशकमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बोलिभियामा वामपन्थी सरकारको २० वर्षको राज अन्त्य भएको छ ।
सर्वोच्च निर्वाचन न्यायाधिकरणले आइतबार नतिजा घोषणा गर्दै यसका अध्यक्ष ओस्कार हासेन्टुफेलले सोमबार अनियमितताको कुनै सम्भावनालाई अस्वीकार गर्दै भन्नुभयो, “बोलिभियामा भएको निर्वाचनमा ‘धाँधली’ शब्दको प्रयोग गरिनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । एक २३ वर्षीय विद्यार्थी पाब्लो पेरेजले क्विरोगाको हार स्वीकार गर्न अस्वीकार गर्दै एएफपीसँग भन्नुभयो, “अपमानजनक कुरा के हो भने त्यहाँ धाँधली भएको थियो र मतदानको सम्मान गरिएको छैन । रासस/एएफपी