झापामा करेन्ट लागेर एक हात्तीको मृत्यु भएको छ । कमल गाँउपालिका वडा नं. ३ मा पर्ने रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गल क्षेत्रभित्र करेन्ट लागेर मृत्यु भएको अवस्थामा मङ्गलबार बिहान हात्ती भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा अव्यवस्थित २० घरपरिवारका लागि सुरक्षित आवास निर्माण सुरु भएको छ । गणेशमान चारनाथ नगरपालिका र ह्याबिट्याट फर नेपालको सहयोगमा सामुदायिक सुधार केन्द्र धनुषाले अव्यवस्थित घरपरिवारका लागि सुरक्षित आवास निर्माण सुरु गरेको हो ।
बाँकेको नरैनापुर गाउँपालिकाले गाउँ ब्लकमा रहेका ३५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर तीनमा वर्षौदेखि गाउँ ब्लकमा बसोबास गर्दै आएका ३५० घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।
यहाँका स्थानीय तहमा पछिल्ला दिनमा सडकको बिच भागमै ‘हाइमास्ट’ बत्ती जडान गर्ने काममा प्रतिस्पर्धा जस्तै देखिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
तनहुँको भानु नगरपालिकाका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क उठाउन प्रतिबन्ध लगाइएको छ । कक्षा नर्सरीदेखि माध्यमिक तहसम्म कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि सर्जरीको पालो कुरिरहेका बिरामीका लागि असार १ गतेदेखि विशेष सर्जरी सेवा सुरु हुने भएको छ ।
विभिन्न कारणले समस्यामा परेका वन्यजन्तु उद्धारका लागि पर्याप्त सामग्री नहुँदा समस्या हुने गरेको छ । वन क्षेत्र बढ्दा बस्तीमा पसेकासँगै घाइते अवस्थामा भेटिएका वन्यजन्तुको उद्धारका लागि सामग्री नहुँदा दाङ जिल्लामा बेला बेला समस्या हुने गरेको हो ।
संरक्षणको अभावमा विपन्न परिवारका लागि दाङको बगलाचुली गाउँपालिका–८, हाँसीपुरमा निर्माण गरिएका नमुना बस्तीका घर जीर्ण बन्न थालेका छन् । प्रतिघर १० लाख रुपियाँका दरले करिब ६० लाख रुपियाँ खर्च गरेर सात वर्षअघि निर्माण गरिएका घर प्रयोग नै नगरेर जीर्ण बन्न थालेका हुन् ।
कोशी प्रदेशमा पर्यटन वर्ष २०८२ चलेसँगै पर्यटकको चहलपहल सुरु भएको छ । रमणीय कोशी भन्ने नाराका साथ सुरु भएको पर्यटन वर्षमा पर्यटकलाई आकर्षित गर्न प्रवर्धनका काम भइरहेका छन् ।
ऐतिहासिक सिंजा र रारा जोड्ने नाग्म गमगढी राजमार्गमा रहेका १० पक्कि पुलमध्य सात वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।
गुराँस गाउँपालिकाका महिलाले महिलामैत्री योजना तर्जुमा र बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् । पालिकामा ५२ प्रतिशतभन्दा बढी महिला भए पनि सो बजेट र नीति तथा कार्यक्रम अझै बन्न नसकेको उनीहरूको गुनासो छ ।
कुनै बेला निकै चहलपहल हुने कालीकोटको जितेबजार अहिले सुनसान छ । बजारको सिरानमा कर्णाली राजमार्ग, आँगनमा कर्णाली र तिला नदीले उच्च जोखिममा रहेको खाँडाचक्र नगरपालिका–२ मा रहेको जितेबजार थियो कि थिएन भने अनुमान नलगाउने अवस्थामा पुगेको छ ।
भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहनुभएकोे छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उहाँ व्यवसायमा सम्लग्न हुनुभएको हो ।
यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् ।