झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङमा कति झोलुङ्गे पुल छन् भन्ने तथ्याङ्क छैन । तथ्याङ्क नभएको मात्र हैन, कैयौं झोलुङ्गे पुल मर्मत अभावमा लोप भइसकेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रुस युद्धको सन्दर्भमा आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै दुबै पक्षलाई युद्ध तत्काल रोक्न आह्वान गर्नु भएको छ ।
प्रहरीले पोखराको नयाँबजार, लप्सीबोट र मोहरियाटोलबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ का ४० वर्षीय सचिन राईलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसले प्यालेस्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
रौतहटको दुई छुट्टाछुट्टै ठाउँमा सोमबार राति आगलागी हुँदा ४० लाखभन्दा बढीको क्षति भएको छ ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने रानीसैन पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । चारैतिर हिउँको घुम्टोले सज्जिएको डाँडा र बिचमा समथल र निकै आकर्षित रहेको हिमाली गाउँपालिका –३ मा पर्ने रानीसैनमा पछिल्लो समय यहाँ आउनेगरेका आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्यस्थल बन्न पुगेको हो ।
बारीमा नै उच्च मूल्य पाउँदा कालीगण्डकीका फूल कृषक उत्साहित भएका छन् ।
दोलखाको भीमेश्वर नगरपालिका–९, स्यासीमा बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले तिहार तथा छठ पर्वलाई लक्षित गरी बरामद गरिएका आतसबाजी र पटाकाहरू नष्ट गरेको छ। मङ्गलबार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा ती सामानहरू खाल्टोमा पुरेर नष्ट गरिएको हो।
पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरूपता कायम गर्न सकेको अवस्थामा प्राकृतिक विपदबाट हुने जनधनको क्षति न्यूनीकरणमा ठुलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने पुष्टयाइँ यसवर्षको मनुसन पूर्वयोजना र प्रतिकार्यको तयारीबाट स्पष्ट भएको छ ।
पूर्वी नवलपरासीमा हरेक वर्ष कृषक व्यावसायिक फूल खेतीतर्फ आकर्षित बन्दै जान थाले पछि फूल खेतीमा जिल्ला आत्मनिर्भर बनेको छ ।
एक सातादेखि बेनी नगरपालिका–६, जामुनाखर्ककी ९५ वर्षिया सानिमाया खत्री मृत भेटिनुभएको छ ।
प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ गरेको छ ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र रेसुङ्गाको गौशालामा गोवर्धन एवं ‘गोे’ पूजा सुरु भएको छ । गौशालामा १५५ बढी स्थानीय जातका गाईहरू रहेका छन् । गोवर्धन पूजासहित सोरठी र भक्तिसंगीत तथा पञ्चेवाजा प्रस्तुत हुने भएकाले गुल्मीसहित छिमेकी जिल्लाबाट समेत दर्शनार्थीहरु गौशाला पुगेका छन् ।