• ४ कात्तिक २०८२, मङ्गलबार

नाबालिकामाथि जबरजस्तीको प्रयास गर्ने एक जना पक्राउ, एक फरार

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक ४ गते ।
  सप्तरीको राजविराज नगरपालिकामा एक नाबालिकामाथि जबरजस्ती करणीको प्रयास भएको छ । सोमबार राति करिब ८ बजे पसलबाट सामान किनेर घरतर्फ फर्किदै गर्दा दुई जना युवकले उहाँमाथि जबरजस्तीको प्रयास भएका थिए ।

स्थानीय एक २० वर्षीय र १९ वर्षीय गरी दुई युवकले नाबालिकासँग जबरजस्ती गर्न खोजेका थिए । सोही क्रममा प्रतिरोध गर्दा नाबालिकाको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।

चोटपटकबाट घाइते उहाँलाई तत्कालै उपचारका लागि राजविराजस्थित एक अस्पताल लगिएको र अवस्था सामान्य रहेको बुझिएको छ । घटनामा संलग्न एक जनालाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ भने एक जना अझै फरार छन् ।

यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले घटनाबारे विस्तृत बुझ्ने काम भइरहेको जानकारी दिनुभयो ।

बालिकाको उपचार भइरहेको हुँदा उहाँ र उहाँको अभिभावकसँग बुझ्ने काम भइरहेकाले जबरजस्ती करणीको प्रयास हो वा होइन त्यो अहिले नै पुष्टि भइनसकेको बताउनुभयो ।