• ३ कात्तिक २०८२, सोमबार

पैदलयात्रुको मृत्युपछि जिप चालक पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक ३ गते । पैदलयात्रुलाई ठक्कर दिई फरार ग१ज ७११० नम्बरको जिप र यसका चालक २८ वर्षीय सुशील सुनारलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ । 

आइतरबार साँझ पौने ७ बजेतिर कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजामा सो जिपले ठक्कर दिएपछि घाइते एक पुरुषको मृत्यु भएको थियो ।

नौडाँडाबाट पोखरातर्फ आउँदै सो जिप अन्दाजी ५५ वर्षका पुरुषलाई ठक्कर दिई घाइते बनाई फरार भएकोमा घाइतेको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । 

ठक्कर दिई फरार सवारी पहिचान गरी सोमबार बिहान पोखरा–१० बाट गाडीसहित चालकलाई नियन्त्रणम लिइएको हो । पर्वतको मोदी गाउँपालिका वडा नं. १ भुकक्ताङ्ले घर भई हाल पोखरा–१५, फूलबारी बस्ने चालक सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले उल्लेख गर्नुभयो ।