वासुदेव शर्मा
जाजरकोट, कात्तिक ३ गते । जिल्ला प्रहरी कार्यालयलाई बालबालिका रमाउने खेलौना सामग्री सहयोग गरिएको छ । पहाडी क्षेत्र विकास अभियान सेभ द चिल्ड्रेनको सहयोगमा सो सामग्री सहयोग गरिएको हो ।
घरेलु हिंसा, झैझगडाका कारण जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा आमासँग आएका बालबालिकालाई रमाउने भुलाउने मनोरञ्जन लिने खेलौना बाल संरक्षण कार्यव्रmम अन्तर्गत बालमैत्री सेवा प्रवाहका लागि करिव एक लाख बढीको सामग्री जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बसन्तकुमार शर्मालाई हस्तान्तर गरिएको छ ।
पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदिपजंङ्ग शाहले जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कानुनी सहायता खोज्न आएका महिला उनीसँगका बालबालिकालाई भुल्ने मनोरञ्जन लिन टिभी, फिल्टर, खेलौनाहरु सहयोग गरिएको बताउनुभयो ।
हिंसा तथा झगडा भएपछि कानुनी सहयोग लिन आएका आमासँगैका बालबालिकाले चकचक गर्दा तनाव चिन्ता कम गराउन हस्तान्तर गरिएको बताउनुभयो । आमाको काखमा रहेका बालबालिका जथाभावी कचकच गर्ने भनेको नमान्ने भएपछि खेल्ने, भुल्ने, सिकाउने अवसर दिन सामाग्री प्रदान गरेको उहाँको भनाइ छ ।