शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुजन बज्राचार्य
सङ्खुवासभा, कात्तिक ३ गते । मकालु गाउँपालिका–३ की २९ वर्षीया गर्भवती सीता तामाङलाई स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार बिहान हेलिकोप्टरमार्फत विराटनगरस्थित कोशी अस्पताल लागिएको छ ।
तामाङ आइतबार बेलुका करिब ७ बजे पाथीभरा स्वास्थ्य चौकीको बर्थिंङ सेन्टरमा उपचारका लागि पुग्नुभएको थियो । तर बच्चा नचलेपछि स्वास्थ्यकर्मीले अवस्था जटिल भएको भन्दै तत्काल उद्धारको पहल गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सोमबार बिहान करिब ९ बजे मकालु–३, सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । तामाङलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत विराटनगरको कोशी अस्पताल पुर्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।