शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक३ गते । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० बढेको छ ।
आज सुन प्रतितोला दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला पाँचले बढेर तीन हजार २८० मा खरिदबिक्री हुने छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस