• ३ कात्तिक २०८२, सोमबार

ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

blog

दुर्घटना भएको तेल बोकेको ट्याङ्कर । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, कात्तिक ३ गते ।
तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा नवलपुरमा एक जनाको मृत्यु भएका छन् भने दुई जना घाइते भएका छन् ।

आइतबार बिहान मध्यविन्दु नगरपालिका–८, गडारखोला नजिकै पूर्व पश्चिम राजमार्गमा चोरमाराबाट अरुणखोलातर्फ जाँदै गरेको लु. ५५ प. २९४८ नम्बरको स्कुटरलाइ नारायघाटबाट बुटवलतर्फ जाँदै गरेको लु. १ ख. ६६३४ नम्बरको तेल लोड गरको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक मध्यविन्दु–१३, मैनाघाटका ४० वर्षीय वीरबहादुर सिँजालीको उचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

दुर्घटनामा सोही ठाउँका २३ वर्षीय चन्द्रबहादुर गाहा र ३१ वर्षीय समिरजङ्ग कुमाल घाइते हुनु भएको नेपालले जानकारी दिनुभयो । घाइते दुबैको मध्यविन्दु प्रादेशिक अस्पतामा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्याङ्कर घटनास्थलबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक सल्यान शारदानर नगर नगरपालिका १४ घर भई हाल दाङ तुल्सीपुर उपमहानगरपालिका-६ का ४७ वर्षीय खलकराम भण्डारी र दुबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।