सिंहदरबारको पुनर्निर्माण जटिल
दक्षिण एसियाकै वैभवशाली इतिहास बोकेको सिंहदरबारको पुनर्निर्माण २०७२ सालको भूकम्पपछिको भन्दा जटिल र चुनौतीपूर्ण देखिएको छ । सिंहदरबारलाई दक्षिण एसियाकै उत्कृष्ट भौतिक संरचनाका रूपमा लिने गरिन्छ ।
अब घरबाटै ‘एनओसी’
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ का निम्ति ठुलो तनाव खेप्नु परेको विगत छ । वर्तमान सरकारले त्यसमा व्यापक सरलीकरण गरेको छ । अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । एनओसी विद्यार्थी आफैँले प्रिन्ट गरेर लिन सक्ने गरी सहजीकरण गरिएको छ ।
वैदेशिक रोजगार विभागबाट तीन बिचौलिया पक्राउ
वैदेशिक रोजगार विभाग ताहचलमा सेवाग्राहीलाई दुःख हैरानी दिने तीन बिचौलिया पक्राउ परेका छन् ।
बेनीमा करदाता सेवा सुरु
बेनी नगरपालिकामा जिल्लामै पहिलो पटक आजदेखि करदाता सेवा सुरु भएको छ ।
विपद् व्यवस्थापनमा सबै तहको हातेमालो आवश्यक : उपाध्यक्ष अर्याल
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले विपद् व्यवस्थापनमा सबै तहको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक
पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता आज सम्पन्न भएको छ।
प्रतापपुरमा आगलागी हुँदा १२ घर जलेर नष्ट
पश्चिम नवलपरासीको प्रतापपुरमा आज दिउँसो आगलागी हुँदा १२ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
फुटपाथ व्यवस्थापनमा कडाइ
विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ र सडक अतिक्रमण हटाउन आगामी वैशाख ११ गतेदेखि विशेष अभियान सुरु गर्ने भएको छ ।
थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव-२०८३’ हुने
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य प्रतिष्ठान, काठमाडौँसँगको सहकार्यमा यही वैशाख १९ र २० गते रोल्पाको थवाङ गाउँपालिकामा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।
मुस्ताङमा भारतीय नागरिक मृत फेला
मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेका छन् ।
विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
विपन्न, असक्त, द्वन्द्वपीडित तथा अभिभावकविहीन विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धि गर्ने उद्देश्यले पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
रातो मच्छिन्द्रनाथ रथयात्रा (फोटो फिचर)
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथजात्रा मङ्गलबारबाट सुरु भएको छ ।
झापामा अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते
झापाको कन्काई नगरपालिका–३, नयाँ बस्तीमा मङ्गलवार बिहान अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ
सुस्तमनस्थितिकी ३० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानविरुद्ध हुने दुई एकदिवसीय खेलका लागि आज नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ ।
खोरमा आगलागी हुँदा वृद्धको मृत्यु, डढेलोले दुई घरमा क्षति
सल्यानमा विद्युत् तार सर्ट भई बाख्रा खोरमा भएको आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ ।
सभामुख अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन प्रस्तुत
सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली समिति मस्यौदा समितिको प्रतिवेदन २०८३ बुझाइएको छ ।
समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिने अल्टिमेटम : सार्वजनिक सेवा रोक्कादेखि सम्पत्ति लिलामसम्मको चेतावनी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ ।
‘विद्यार्थी सङ्गठन लोकतन्त्रको नर्सरी हो’
नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले विद्यार्थी सङ्गठन राजनीतिक दलहरुसँग वैचारिक आस्थाले जोडिएका संस्था मात्र नभइ बेथिती र विसङ्गतीविरुद्ध खबरदारी गर्ने आधिकारिक संस्था रहेको बताउनुभएको छ।
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
सन् २०२५ मा आप्रवासन मार्गमा लगभग सात हजार ९०० व्यक्तिको मृत्यु भएको छ वा बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मङ्गलबार सार्वजनिक उक रिपोर्टमा भनेको छ ।
आयोग र प्रतिष्ठानलाई खारेज होइन, सुधार गरी सुदृढ बनाइनेछ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने स्पष्ट पार्नुभएको छ।
अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री बिच भेटवार्ता : आर्थिक सुधार र लगानीका विषयमा छलफल
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस. पल कपुर बिच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
मध्यपूर्वमा चर्किंदै गएको युद्धको पृष्ठभूमिमा निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा व्यक्तिगत आक्षेप लगाउँदै उहाँलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको टिप्पणी गर्नुभएको छ ।
पुरातत्व विभागका तत्कालीन इन्जिनियरसहित दुई जनाविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा
पुरातत्व विभागका तत्कालीन इन्जिनियर पूर्णबहादुर श्रेष्ठ (सिनियर डिभिजनल इन्जिनियर)सहित दुई जनाविरुद्ध चार करोड २२ लाख ७५ हजार ९८५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।