पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन
पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिका प्रमुख बुद्धिराज बज्राचार्यको निधन भएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले दिनुभएको जानकारीअनुसार आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको ८९ वर्षको उमेरमा निधन भएको हो ।
अनेसासले गर्यो सर्वोत्कृष्ट ११ पुरस्कारको घोषणा
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको विभिन्न ११ विधाका पुरस्कार घोषणा गरेको छ ।
आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल
बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। हरियाली खेतबारीले घेरिएको मनमोहक बराहताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो।
नेपालगन्जका दुई खेलाडीले जिते स्वर्ण : करणको विश्व कीर्तिमान
थाइल्याण्डको पटायामा सम्पन्न भएको १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपमा बाँकेका करण बाडियाले २२० किलो उचालेर विश्व कीर्तिमान बनाउनु भएको छ।
दुग्ध उत्पादक किसानलाई करोड पुरस्कार
गण्डकी प्रदेश सरकारबाट तनहुँका दुग्ध उत्पादक किसानले झण्डै एक करोड रुपियाँ पुरस्कार पाएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत सो रकम प्रोत्साहनस्वरुप किसानलाई प्रदान गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
नव नियुक्त अध्यक्ष ढकालद्वारा पदभार ग्रहण
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
डुरान्ड कप खेल्न आर्मी क्लब भारत प्रस्थान
भारतीय सेनाको आयोजनामा संचालन हुने डुरान कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लबका खेलाडी शनिबार भारत प्रस्थान गरेका छन्।
कृषि सहकारीलाई हाते ट्याक्टर
नेपाल–भारत मानव विकास एवं मैत्री सघ र डिजिटल फार्मस् मिसन काठमाडाैँले चितवनका आठ वटा सहकारी संस्थालाई हाते ट्याक्टर सहयोग गरेको छ ।
कुनै समुदाय विकासबाट पछाडि नपरोस् भन्ने सरकारको उद्देश्य हो : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट एवं प्रमुख उद्देश्य रहेको बताउनुभएको छ ।
फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा सामग्री प्रकाशन गर्ने
नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन गर्दै आएकोमा अब नेपाली र अन्य मातृभाषामा पनि प्रकाशित गर्ने भएको छ।
अव्यवस्थित बसोवासीले पाए लालपुर्जा
बाँकेको कोहलपुर नगरपालिका वडा १ का थप तीनसय २५ अव्यवस्थित बसोवासीले शनिबार जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । भूमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष सनतकुमार कार्कीले कोहलपुर १ का अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्नुभएको हो ।
तिब्बतमा ‘मेगा ड्याम’ निर्माण सुरु
प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठूलो बाँध निर्माण सुरु गरेको छ । तिब्बतमा यार्लुङ साङ्पो भनिने उक्त नदी भारतमा ब्रह्मपुत्रको नामले चिनिन्छ ।
इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते
इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर टाढा रहेको काभर शहरनजिकै दुर्घटना भएको हो ।
सय रोपनीमा एकै दिन रोपाइँ (फोटो फिचर)
अहिले गाउँमा खेतलानै पाइँदैन् । बसाइसराइले गाउँका उर्वर खेतबारी बाँझा छन् । उत्पादकत्व कम हुने भएकाले जाँगरले खेती गर्नेहरू पनि कम हुँदै गएका छन् ।
ऐनापहरामा आन्तरिक पर्यटक
तनहुँको ऑबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा शनिबार आन्तरिक पर्यटकको भीड । ऐनापहरा पछिल्लो समय पर्यटकको गन्तव्यस्थलको रूपमा विकास भएको छ ।
स्वदेशी पोशाक राख्न विद्यालयलाई उपमहानगरको निर्देशन
नेपालगन्ज उपमहानगरपालिकाले पालिका अन्तर्गतका विद्यालयहरूलाई स्वदेशी कपडाको पोशाक प्रयोग गर्न गराउन र स्वदेशी टेलरमा सिलाउन निर्देशन जारी गरेको छ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोगको मुद्दा दर्ता
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
“युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै”
बोस्निया तथा हर्जेगोभिनामा हालै गरिएको एक सर्वेक्षणअनुसार, यदि अहिले जनमत सङ्ग्रह गरियो भने करिब ६९.९ प्रतिशत नागरिकले युरोपेली सङ्घमा सामेल हुने पक्षमा मतदान गर्ने बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत कुटपिट गर्ने नगर प्रमुखका स्वकीयविरुद्ध जाहेरी
कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटपिट गर्ने नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
जलजलाबाट देखिएको अन्नपूर्ण हिमाल
म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने जलजलाको हरियाली पहाड र पृष्ठभूमिको अन्नपूर्ण हिमालको शनिबार देखिएको दृश्य ।
कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताको जोड
नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले शनिबार आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो।
आइतबारदेखि त्रियोग चेस
त्रियोग हाई स्कुलको आयोजनामा पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु हुँदै छ।
अभिनेता हमाल कर्णालीको ‘ब्रान्ड एम्बेस्डर’
एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले अभिनेता राजेश हमाललाई आफ्नो ‘ब्रान्ड एम्बेस्डर’को रूपमा अनुबन्धित गरेको छ ।
भुटानमाथि नेपालको सानदार जित
बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ ।