• २० वैशाख २०८३, आइतबार

३१ जना फरार प्रतिवादी पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको गस्ती टोली । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु वैशाख २० गते । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई तिब्र बनाएको छ । अभियान अन्तर्गत पछिल्लो ७ दिनमा विभिन्न मुद्दामा फरार रहेका ३१ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी चेक अनादर मुद्दाका १३ जना रहेका छन् । कुटपिट मुद्दाका ५ जना छन् । 

बाँकी प्रतिवादीहरू चोरी, लागूऔषध तथा वनसम्बन्धी मुद्दामा फरार रहेका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको थियो । 

सोही अभियानअन्तर्गत विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका सबैलाई सम्बन्धित अदालतमा उपस्थित गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । साथै, फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रहरीले जनाएको छ ।