रूपन्देही उपनिर्वाचनको कार्यतालिका सार्वजनिक : कात्तिक १७ गते मतदान
निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ ।
क्षितिजलाई चेस उपाधि
राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिताअन्तर्गत खुलातर्फको उपाधि क्षितिज भण्डारीले जित्नुभएको छ ।
अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता सुरु भएको छ ।
मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन
ताप्लेजुङमा मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरिएको छ । जिल्लामा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका साहित्यकारहरुको जिल्ला भेलाले मुक्कुमलुङ साहित्य प्रतिष्ठान गठन गरेको हो ।
नेपाललाई आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड, पारसको दमदार प्रस्तुति
नेपालले आइसिसी को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ ।
हेटौँडाका जनप्रतिनिधि प्रशासनविरुद्ध आन्दोलित
आइतबार हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भूमिकाविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।
अध्यक्ष ओलीसँग भेट गर्न पूर्व राष्ट्रपति भण्डारी च्यासलमा
नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुग्नुभएको छ ।
स्यार्क्यु खोलामा बेलिब्रिज निर्माण
मनाङको चामे गाउँपालिका–१ तिमाङको स्यार्क्यु खोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ ।
रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आइतबार बिहान आएको पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका ४ उवा, थापाखर्कका ७२ वर्षीय गोठे घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
स्थानीय तहमा पुँजीगत बजेट खर्च हुन सकेन
जनताको घरदैलोसम्म विकासको जिम्मेवारी बोकेका कैलालीको स्थानीय तहहरू विकास अर्थात पुँजीगत बजेट खर्च गर्नमा पछाडि देखिएका छन् ।
अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपमा आठ टोली सहभागी हुने
ताप्लेजुङमा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् ।
खोटाङका नगरप्रमुख बाँस बोकेर काठमाडौँको यात्रामा
बाँससम्बन्धी सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग राख्दै भोक हड्ताल गर्ने घोषणा गरेर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई काठमाडौं हिँड्नुभएको छ।
प्रत्यक्ष निर्वाचित प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिधैँ जोडिने भएकाले प्रत्यक्ष निर्वाचित प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताउनु भएको छ ।
छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई ५० हजार सहयोग
छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला दमाईंको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
सवारी साधन कारबाहीबाट आठ लाख राजस्व सङ्कलन
ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा एक हजार ५७ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।
अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता हुँदै
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच आज दिउँसो ३ बजे समसामयिक राजनीतिक विषयमा छलफल हुने समय तय भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज दिउँसो च्यासलमा भेटवार्ता हुनेछ ।
बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।
बेनीका तीन वटा धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति सुरु
जिल्लाको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति गर्न सुरु गरिएको छ ।
वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध
मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।
स्याङ्जामा व्यावसायिक फार्म खारेज गर्नेकाे सङ्ख्या बढ्दाे
स्याङ्जामा आर्थिक वर्ष २०८१-०८२ मा नयाँ थपिने भन्दा खारेज हुने व्यावसायिक फार्मको सङ्ख्या धेरै छ । यो अवधीमा चार सय ६० व्यावसायिक फार्म खारेज भएका हुन् भने ३ सय १९ वटा नयाँ फार्म थपिएका हुन् ।
धनकुटामा ५३ प्रतिशत रोपाइँ
साउनको पहिलो साता सकिन लाग्दा धनकुटामा करिब ५३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको पाइएको छ । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारीअनुसार जिल्लामा रोपाइँका लागि पर्याप्त वर्षा नभएका कारण यस बर्ष रोपाइँ कम भएको जनाएको छ ।
हामखोला झरनामा रमाउँदै पर्यटक
अन्नपूर्ण पदमार्ग छेउमै रहेको मर्स्याङ्दी गाउँपालिका–७ स्थित हामखोलाको झरनामा रमाउँदै आन्तरिक पर्यटक ।
पोखरी सौन्दर्यीकरण अभियान निष्प्रभावी
वीरगन्ज महानगरपालिका–१६, नगवाकी राधिकादेवी २०७५/७६ सालमा मधेश प्रदेश सरकारले नगवा पोखरी मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत सौन्दर्यीकरण गर्ने योजनाले निकै खुसी हुुनुहुन्थ्यो ।
सोलुखुम्बुमा ३७ करोडभन्दा बढी रकम फ्रिज
गत आर्थिक वर्षमा सोलुखुम्बुको ३७ करोड रकम बढी फ्रिज भएको छ । गएको आर्थिक वर्ष २०८१-८२ मा ३७ करोड ७४ लाख १० हजार ६ सय ६७ रुपियाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले जानकारी दिनुभयो ।