नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको छ ।
चार जनालाई ‘वानीरा पुरस्कार’
वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौंमा स्थापित वानीरा सभागृहमा ‘नेपाली भाषा साहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवम् नेपाली भाषाको श्रीवृद्धिका लागि समेत समर्पित श्री माधव खनाल ‘भावुक’लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभएको छ ।
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत भदौ २३ र २४ को जेनजी आन्दोलनको छानविनका लागि गठित कार्की आयोगको प्रतिवेदन अपूरो र पूर्वाग्राही भएको बताउनुभएको छ ।
ट्राफिक प्रहरीको 'म जिम्मेवारी चालक' अभियान
सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले 'म जिम्मेवारी चालक' अभियान सञ्चालन गरेको छ ।
बेलवासका बासिन्दा आन्दोलित
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेका संरचनाका कारण आफ्नो बस्ती जोखिममा परेको भन्दै व्यास नगरपालिका–१३, बेलवासका बासिन्दा आन्दोलित भएका छन् ।
नौ महिनामा ४४ सय सवारी कार्वाहीमा
म्याग्दीमा चालु आर्थिक वर्षको ९ महिने अवधिमा सवारी नियम उल्लङ्घन गर्ने करिब ४४ सय सवारी साधनलाई कार्वाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको सेवा दुई स्थानबाट सुरु
जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको चाप र कार्यसम्पादनलाई सहज बनाउन दुई फरक स्थानबाट सेवा प्रवाह सुरु गरेको छ ।
उपत्यकासहित पहाडी र हिमाली भूभागमा वर्षा
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपात समेत भइरहेको बताएको छ ।
सरकारी वेवसाइट प्रयोगमैत्री बनाइँदै
सूचना प्रविधि विभागले सरकारी वेबसाइटलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ।
अनधिकृत र अव्यवस्थित बसपार्क हटाइयो
बाँकेको नेपालगन्जका विभिन्न चोक र सडक छेउमानै अस्तव्यस्त पार्नेगरि मनपरी तरिकाले सञ्चालन गरिएका अव्यवस्थित र गैर कानुनी बसपार्कलाई नेपालगन्ज उपमहानगरपालिकाले हटाएको छ ।
ऐतिहासिक गोरखा–जिटगढी पदयात्रा सम्पन्न
नेपाली सेनाले राष्ट्रिय एकता र सम्पदाको उत्सव ऐतिहासिक गोरखा–जिटगढी पदयात्रा सफलतापूर्वक सम्पन्न गरेको छ ।
मातृ बाल मृत्युदर न्यूनीकरणमा सरोकारवालाको जोड
सुरक्षित मातृत्व अभियान अन्तर्गत मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन २०८२-०८३ सम्बन्धी एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष
पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास कोष स्थापनाको ४०औँ वर्ष प्रवेश गरेको छ ।
शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह सुरु
सार्वजनिक शिक्षाका विभिन्न सवालहरुबारे सरोकारवालालाई सचेत गराउने र नीति निर्माण तहमा आवश्यक वकालत तथा दबाब सिर्जना गर्ने उद्देश्यले विश्वभर आजदेखि विश्वव्यापी कार्य सप्ताह सुरु गरिएको छ ।
इनरुवामा अन्तर्राष्ट्रिय कुस्तीको रौनक
सुनसरीको इनरुवामा जारी तेस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका चार वटा उपसमिति पुनर्गठन
राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले तीनवटा संसदीय उपसमितिहरू पुनर्गठन गरेको छ ।
दाङमा प्रहरी सक्रियता, ५४ जना फरार प्रतिवादी पक्राउ
दाङमा प्रहरीले एक महिनाको अवधिमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने प्रहरीको अभियानअन्तरगत चैत महिनामा अदालतबाट दोषी ठहर भई फरार रहेका ५४ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।
बाल अधिकार संरक्षण र प्रवद्र्धनका लागि निरन्तर खबरदारीको आवश्यकता
बाल अधिकार संरक्षण र प्रवद्र्धनका लागि काम गर्नुपर्ने विविध क्षेत्रबारे निरन्तरको खबरदारीको आवश्यकता हुने कुरामा जोड दिइएको छ ।
सबैलाई सँगै हिँडाएर अधिवेशनसम्म लैजान्छौँ : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतको निर्णयले हारजितको अवस्था सिर्जना नगरी आगामी यात्राको स्पष्ट बाटो तय गरिदिएको बताउनुभएको छ ।
बाल अधिकार संरक्षणमा खबरदारीको आवश्यकता
बाल अधिकार संरक्षण र प्रवर्धनका लागि काम गर्नुपर्ने विविध क्षेत्रबारे निरन्तरको खबरदारीको आवश्यकता हुने कुरामा जोड दिइएको छ ।
उत्तर कोरियाको क्लस्टर क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाले आइतबार गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षणमा क्लस्टर हतियार प्रयोग गरिएको केसिएनएले सोमबार पुष्टि गरेको छ । आणविक हतियार सम्पन्न उक्त देशले छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्दै आफ्नो नयाँ वारहेड क्षमताको परीक्षण गरेको जनाएको हो ।
प्रधानमन्त्री साहद्वारा विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल
प्रधानमन्त्री बालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्नुभएको छ ।
भारत-कोरिया रणनीतिक वार्ता
बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको अस्थिरताको पृष्ठभूमिमा भारतले सोमबार नयाँदिल्लीमा दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङलाई औपचारिक स्वागत गरेको छ । यस भेटमा जहाज निर्माण, कृत्रिम बौद्धिकता तथा उच्च प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा लिइएको छ ।
गर्मी बढेसँगै फैलिँदै डढेलो, मासिँदै वन
बर्सेनि वन मासिँदै गएको छ । वन मासिनुमा सबैभन्दा ठुलो समस्या डढेलोले निम्त्याएको छ । सरकारले डढेलो रोकथामका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरेको भए पनि प्रभावकारी बन्न सकेको छैन ।