अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो
ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) को एक लाख रुपियाँ नाघेको छ । यसअघि ९८ हजार रुपियाँमा कारोबार भएको अलैंची आइतवार ४ हजार रुपियाँले बढेर प्रतिमन एकलाख २ हजार रुपियाँमा कारोबार भएको हो ।
स्वार्थ समूहको चलखेलमा भएका निर्णय उल्टाउन प्रधानमन्त्रीसँग गोविन्द केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गर्नुभएको छ।
कालीगण्डकी नदी र पुट्टार बस्ती
तनहुँको घिरिङ गाउँपालिका–१, कालीगण्डकी नदी तथा नदी किनारमा रहेको पुट्टारको बस्ती र खेती ।
शिक्षक, प्राध्यापक र कर्मचारीका सङ्गठनलाई मान्यता नदिने शिक्षामन्त्रीको निर्णय
शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न सङ्घ सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी गराउनुभएको छ।
सलहेश सिराहाले जित्यो पथरीशनिश्चरे गोल्डकप उपाधि
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिराहाको सलहेश फुटबल क्लबले जितेको छ ।
दृष्टिविहीन टी–२० महिला विश्वकप अम्पायरमा नेपालका गुप्ता
नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रवीन्द्र गुप्ता दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेट खेलाउने अम्पायरमा नियुक्त हुनुभएको छ ।
सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट भेषवाकरको सन्न्यास
नेपाली क्रिकेटमा दुई दशक बिताउनुभएका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुभएको छ ।
मनाङमा बेपत्ता दुई भारतीय नागरिकको शव फेला
यही कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षका जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षका प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ ।
समाज रुपान्तरणका लागि गाउँमा कचहरी
समाज रुपान्तरण गर्नका लागि यतिबेला बाजुराका विभिन्न गाउँ बस्तीमा स्थानीयको कचहरी हुने गरेका छन् ।
स्याङ्जामा 'देवकोटा काव्य उत्सव' सम्पन्न
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा स्याङ्जामा ‘देवकोटा काव्य उत्सव-२०८२’ गरिएको छ ।
हङकङ सुपर सिक्सेस : नेपाल युएईसँग पराजित
हङकङ सुपर सिक्सेसअन्तर्गत बाउल लिगको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स(युएई)सँग ४३ रनले पराजित भएको छ ।
उखुको पुरानो बक्यौता रकम माग गर्दै किसान धर्नामा
सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलबाट पाउनुपर्ने उखुको पुरानो बक्यौता रकम माग गर्दै किसानले आइतबार दिउँसोदेखि अनिश्चिकालिन धर्ना सुरु गरेका छन् ।
मुक्त कमैया, कमलरी कार्यविधि कार्यान्वयन गर्नेलाई सम्मान
मुक्त कमैया, कमलरी सम्बन्धी कार्यविधि कार्यान्वयन गरेको सुदूरपश्चिम प्रदेश सरकारसहित दुई स्थानीय तहलाई सम्मान गरिएको छ ।
प्लास्टिकजन्य फोहोर बाल्न निषेध : बाले १० हजार जरिवाना
काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । अटेर गरी बालेमा प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ ।
धानको मूल्य बढाउन प्रदर्शन
धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने मागसहित राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेश समितिले आज नेपालगन्जमा प्रदर्शन गरेको छ ।
रैथाने बाली उत्पादनपछि बजारीकरणमा समस्या
हुम्लामा रैथाने बाली उत्पादनपछि बजारीकरणमा समस्या भएको छ । कृषकहरूले रातदिन नभनी स्थानीय अन्नबाली उत्पादन गर्छन् तर त्यसको बजारीकरण नहुँदा कृषकहरूले समस्या भोग्नु परेको हो ।
अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान
जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ । मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो ।
नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबिच सहकार्य
नेपालगन्ज म्याराथनले मलेसियाको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ ।
तनहुँमा बालबालिकालाई 'स्वर्णविन्दु प्राशन' गराइने
तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ गराइने भएको छ । जिल्लाका एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउन लागिएको हो ।
गोरुगाडा लोप हुने अवस्थामा
सुनसरीमा दशकअघिसम्म अस्तित्वमा रहेको गोरुगाडा यतिबेला लोप हुने अवस्थामा पुगेको छ ।
थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण
भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ ।
युवा पुस्ताको सुशासन र विकासको चाहना पूरा गर्न ध्यान दिऔं : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चार माध्यमहरुको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ ।
तीन युवाद्वारा लमजुङ हिमालको आरोहण
गोरखाका तीन जना युवाले साहस, धैर्य र लगनशीलता प्रदर्शन गर्दै लमजुङ हिमाल आरोहण गरेका छन् । उत्तरी गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकका सन्दीप गुरुङ, सुजल गुरुङ र बुद्धबहादुर गुरुङले ६ हजार ९८३ मिटर अग्लो लमजुङ हिमाल आरोहण गरी लाप्राकको नाम उज्यालो पारेका छन् ।