हरियाली चैते धान
झापाको कमल गाउँपालिका–७, गेउरियास्थित हरियाली चैते धान । पछिल्ला वर्ष यहाँका किसानहरू चैते धान खेतीतर्फ आर्कषित भएका छन् ।
नेपाली सम्पदाको संरक्षण गर्न चुनौती छ : मन्त्री श्रेष्ठ
संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नेपाल मौलिक सम्पदाको ठुलो सम्भावना भएको देश भएकाले यसको संरक्षण र प्रवर्धनमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
कार र जेसिबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसिबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।
शिवराज अस्पतालमा ३८ लाख रकम गायब
कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।
सिदिङ्वाका महिलालाई ढाका बुनाई तालिम
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ढाका कपडा बुनाई तालिम प्रदान गरिएको छ ।
आरोग्य दिवसको अवसरमा पैदलयात्रा (फोटोफिचर)
नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाबाट प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने गरिएको छ । दिवसको अवसरमा शनिबार यहाँ आरोग्य पैदलयात्रा गरिएको छ ।
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथन उपाधि
त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जित्नुभएको छ ।
बालाजु बाइसधारा उद्यान
काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइसधारा उद्यानमा फुलेका फूल र बोटबिरुवाको हरियाली ।
मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु
मरेको ब्रोइलर कुखुराको मासु खाएर बिरामी परेका कैलालीको दुई दाजुभाइको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चुरे गाउँपालिका –३, भक्तपुरको आठ वर्षीय भीम ताम्राकार र दीपकको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा ज्यान गएको हो । मासु खाएर बिरामी परेकी उहाँहरुकोे आमा राधिका र कान्छा भाइ तीन वर्षीय दीपेशको उपचार भइरहेको छ ।
बगर क्षेत्रमा तरबुजा फल्न थालेपछि कृषक उत्साहित
स्याङ्जाको भीरकोट नगरपालिकाले आँधी खोला किनार क्षेत्रमा परीक्षणका रूपमा लगाएको तरबुजाले फल दिन थालेपछि स्थानीय कृषकहरू उत्साहित भएका छन् ।
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।
धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ
धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर
लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण कार्यालय भक्तपुरमा पठाइएको छ ।
परम्परागत ‘गुनासो पेटिका’ प्रयोगविहीन, सूचना प्रविधिमार्फत उजुरी लिने व्यवस्था विस्तार हुँदै
सरकारी कार्यालयहरूमा सेवाग्राहीका गुनासा, सुझाव तथा उजुरी संकलन गर्न राखिएका ‘गुनासो पेटिका’ पछिल्लो समय प्रयोगविहीन बन्दै गएका छन्।
भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताको भिड
सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो छैन । त्यही भएर नेपाली ग्राहकको घुइँचो लाग्नेगरेको छ ।
सार्वजनिक सवारी साधनमा यात्रुमाथि दुर्व्यवहार
झापाको दमक र आसपासको क्षेत्रमा सार्वजनिक यातायातका साधनमा कर्मचारीको अभद्र व्यवहार तथा मनपरी नियन्त्रणमा आउन सकेको छैन ।
पार्टी सुदृढीकरणका लागि सभापति थापाको आह्वान
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ मार्गप्रशस्त गरेको बताउनुभएको छ ।
कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकको आगमन
जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकुल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो।
इलाममा चितुवाको आक्रमणबाट २ जना घाइते
इलामको सन्दकपुर गाउँपालिका-१, आलुबारीमा चितुवाको आक्रमणबाट दुई जना घाइते हुनुभएको छ ।
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् ।
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
संयुक्त राष्ट्र सङ्घले होमुज जल क्षेत्र खोल्ने इरानीे घोषणाको स्वागत गरेको जनाइएको छ । घोषण अनुसार संयुक्त राज्य अमेरिकासँग तथ भएको युद्धविराम अवधि भर सबै व्यावसायिक जहाजका लागि हार्मुज जलक्षेत्र पूर्णरूपमा खुल्ने छ ।
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीविरुद्ध उल्लेख्य सङ्ख्यामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको छ ।
भारतमा मिनी बस दुर्घटना हुँदा १० जनाको मृत्यु
दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा खसेर मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दस जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अल इन्डिया रेडियो (एआइआर) ले जनाएको छ ।
तनहुँमा विकास बजेट खर्चको अवस्था निराशाजनक
तनहुँमा चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिना बितिसक्दा पनि विकास बजेट (पुँजीगत खर्च)को अवस्था निकै कमजोर देखिएको छ ।