एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन
गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ ।
लालीगुराँस
मुना–जलजला–ढोरपाटन हुँदै तकसेरा जोड्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा पर्ने बोक्रेको वनमा सडक छेउमा फुलेको लालीगुराँस ।
पतिराम मृत्यु घटना प्रकरण : छानबिनका लागि चार जना पक्राउ
कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित छिमेकी महेश श्रेष्ठको घरमा बेहोस भेटिएका ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएपछि छानबिनका लागि प्रहरीले श्रेष्ठ परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ ।
‘इभेन्ट भेन्यू आर्किटेक्चर’ मा सेवा उपलब्ध गराउँदै ‘आरजी क्रिएसन्स’
दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्रायः एउटै हुन्थ्यो– खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य क्रमशः बदलिँदै गयो ।
इरानी हवाइ क्षेत्र आंशिकरूपमा खुला : उड्डयन प्राधिकरण
इरानले आफ्नो आंशिक हवाई क्षेत्र र केही एयरपोर्ट शनिबारदेखि आंशिक रूपमा पुनः खोलेको इरानी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र, केही एयरपोर्ट र हवाई मार्ग अन्तर्राष्ट्रिय उडानको लागि पुनः खोलिएको प्राधिकरणले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ ।
अफगानिस्तानमा बाढीका कारण, ७३ हजारभन्दा बढी प्रभावित : राष्ट्रसङ्घ
अफगानिस्तानका विभिन्न प्रान्तमा यस अघि लगातार १२ दिनसम्म आएको वर्षा र बाढीका कारण ७३ हजार भन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) लाई उदृत गर्दै शनिबार टोलो न्यूजले जनाएको छ ।
हरियाली चैते धान
झापाको कमल गाउँपालिका–७, गेउरियास्थित हरियाली चैते धान । पछिल्ला वर्ष यहाँका किसानहरू चैते धान खेतीतर्फ आर्कषित भएका छन् ।
नेपाली सम्पदाको संरक्षण गर्न चुनौती छ : मन्त्री श्रेष्ठ
संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नेपाल मौलिक सम्पदाको ठुलो सम्भावना भएको देश भएकाले यसको संरक्षण र प्रवर्धनमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
कार र जेसिबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसिबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।
शिवराज अस्पतालमा ३८ लाख रकम गायब
कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।
सिदिङ्वाका महिलालाई ढाका बुनाई तालिम
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ढाका कपडा बुनाई तालिम प्रदान गरिएको छ ।
आरोग्य दिवसको अवसरमा पैदलयात्रा (फोटोफिचर)
नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाबाट प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने गरिएको छ । दिवसको अवसरमा शनिबार यहाँ आरोग्य पैदलयात्रा गरिएको छ ।
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथन उपाधि
त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जित्नुभएको छ ।
बालाजु बाइसधारा उद्यान
काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइसधारा उद्यानमा फुलेका फूल र बोटबिरुवाको हरियाली ।
मरेको कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु
मरेको ब्रोइलर कुखुराको मासु खाएर बिरामी परेका कैलालीको दुई दाजुभाइको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चुरे गाउँपालिका –३, भक्तपुरको आठ वर्षीय भीम ताम्राकार र दीपकको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा ज्यान गएको हो । मासु खाएर बिरामी परेकी उहाँहरुकोे आमा राधिका र कान्छा भाइ तीन वर्षीय दीपेशको उपचार भइरहेको छ ।
बगर क्षेत्रमा तरबुजा फल्न थालेपछि कृषक उत्साहित
स्याङ्जाको भीरकोट नगरपालिकाले आँधी खोला किनार क्षेत्रमा परीक्षणका रूपमा लगाएको तरबुजाले फल दिन थालेपछि स्थानीय कृषकहरू उत्साहित भएका छन् ।
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।
धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ
धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर
लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण कार्यालय भक्तपुरमा पठाइएको छ ।
परम्परागत ‘गुनासो पेटिका’ प्रयोगविहीन, सूचना प्रविधिमार्फत उजुरी लिने व्यवस्था विस्तार हुँदै
सरकारी कार्यालयहरूमा सेवाग्राहीका गुनासा, सुझाव तथा उजुरी संकलन गर्न राखिएका ‘गुनासो पेटिका’ पछिल्लो समय प्रयोगविहीन बन्दै गएका छन्।
भारतीय बजार जोगबनीमा नेपाली उपभोक्ताको भिड
सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो छैन । त्यही भएर नेपाली ग्राहकको घुइँचो लाग्नेगरेको छ ।
सार्वजनिक सवारी साधनमा यात्रुमाथि दुर्व्यवहार
झापाको दमक र आसपासको क्षेत्रमा सार्वजनिक यातायातका साधनमा कर्मचारीको अभद्र व्यवहार तथा मनपरी नियन्त्रणमा आउन सकेको छैन ।
पार्टी सुदृढीकरणका लागि सभापति थापाको आह्वान
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ मार्गप्रशस्त गरेको बताउनुभएको छ ।
कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकको आगमन
जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकुल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो।