प्रतिनिधिसभामा उम्मेदवारी दिने पूर्वमन्त्री यादवको तयारी
नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्वमन्त्री उमेशकुमार यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गर्नुभएका छन् ।
गृहकार्यमा केन्द्रित राजनीति
भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा निर्वाचन गराउने मुख्य प्रयोजनका लागि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन मिति घोषणा गरेको दुई महिना पूरा हुँदै छ ।
बागलुङमा थपिए ६३१ जना नयाँ मतदाता
पछिल्लो एक महिनामा बागलुङमा ६३१ मतदाता थपिएका छन् । गत असोज १० गतेदेखि हालसम्म ६३१ मतदाता थप भएको निर्वाचन कार्यालय बागलुङका कम्प्युटर अपरेटर उषा सुवेदीले जानकारी दिनुभयो ।
जीवन्तताको प्रतीक मिथिला कला
मिथिला कला, जसलाई मधुबनी कला पनि भनिन्छ । भारत र नेपालको मिथिला क्षेत्रमा प्रचलित एक परम्परागत लोककला हो । यस कला शैलीको नाम भारतको बिहार राज्यको मधुबनी जिल्लाबाट आएको हो, जहाँ यस कलाको उत्पत्ति भएको मानिन्छ ।
सुन्तला बगैँचामा रोग फैलिँदा किसान चिन्तित
सल्यानको बागचौर नगरपालिका–९ कोटमौलाका किसानले लगाएका सुन्तलामा विभिन्न रोग फैलिँदै गएपछि किसानहरू चिन्तित बनेका छन् ।
नयाँ सहर आयोजनाः २० किमी सडक कालोपत्र
नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलव ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा आर्ट प्रोजेक्ट इन्टरनेसनल जिटु जिन्जा ग्यालरी जिटु, जापान र विन्दु स्पेस फर आर्टिस्टको आयोजनामा आइतबार अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।
‘बखान’ माथि विमर्श
वसन्त पराजुलीको उपन्यास ‘बखान’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । चितवन कचहरी र डबली बुक क्याफेको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा बोल्ने वक्ताले उपन्यासले चितवनको इतिहास उधिन्न सफल भएको धारणा राख्नुभयो ।
परिवार र आफन्तबाटै हत्या घटना बढ्दै
गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङदीकाका २५ वर्षीय टोपबहादुर विकले गत कात्तिक १५ गते राति ५० वर्षीय बुबा धनबहादुर विकलाई हसिया र मुग्रो प्रहार गरेर हत्या गर्नुभयो ।
‘कृषि र कृषकलाई उच्च प्राथमिकता’
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदन परियारले कृषकको मनोबल उच्च राख्न सरकारले कृषिमा आधुनिकीकरण तथा प्रविधिको उच्चतम प्रयोग गरी कृषकलाई प्रोत्साहन हुने गरी गृहकार्य गरिरहेको जानकारी दिनुभएको छ ।
कोशीलाई खोरेतमुक्त बनाउन खोप अभियान
कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने प्रदेश सरकारको लक्ष्यप्राप्तिमा सहयोग गर्न विराटनगर महानगरपालिकाले आइतबारदेखि गाईभैँसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ ।
बाढीले तेह्र करोडको माछा नष्ट
असोज दोस्रो साता आएको बाढी र डुकानका कारण मधेश प्रदेशमा झन्डै १३ करोड रुपियाँ बराबरको माछामा क्षति भएको छ । बाढीका कारण मधेश प्रदेशका आठ वटै जिल्लामा १२ करोड ९४ लाख ८२ हजार २५० रुपियाँ बराबरको माछामा क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
धवलागिरि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
धमाधम बिआइएस पाउँदै नेपाली प्लाई उद्योग
नेपालका उद्योगमाथिको आशङ्का हटेसँगै भारतले नेपाली प्लाइउड निकासीमा सहजीकरण गर्न थालेको छ । नेपाल प्लाइउड उद्योग महासङ्घका अध्यक्ष होम घिमिरेका अनुसार पछिल्लो समय भारतको ब्युरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) खुला गरेको र नेपालका थप सात उद्योगलाई बिआइएस प्राप्त भएको छ ।
क्यासिनोमा निगरानी
राजस्व अनुसन्धान कार्यालय, बुटवलले रुपन्देहीमा सञ्चालनमा रहेका क्यासिनोमाथि निगरानी कडा बनाएको छ । राजस्व छली र लाभकर तिर्ने/नतिर्ने विषयमा स्पष्टता ल्याउन कार्यालयले नौबुँदे प्रश्न पठाउँदै क्यासिनोलाई तीन दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।
‘एन्टी फाइबर विद्यार्थी अफर’
नेपाल टेलिकमले विद्यार्थीलक्षित ‘एन्टी फाइबर विद्यार्थी अफर’ सञ्चालनमा ल्याएको छ । विसं २०५४ साल वा त्यसपछि जन्मिएका विद्यार्थीका लागि ल्याइएको यस अफरको आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुभारम्भ गर्नुभएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ १६ पैसा निर्धारण गरिएको छ ।
नेपाल प्रवर्धनका लागि एनटिभी वर्ल्ड
सार्वजनिक सेवा प्रसारणको प्रथम वार्षिकोत्सवका अवसरमा आइतबारदेखि सार्वजनिक सेवा प्रसारण नेपालको अङ्ग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’ को प्रसारण सुरु भएको छ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सेवाको आइतबारदेखि शुभारम्भ गर्नुभएको हो ।
कोप सम्मेलन : जलवायु परिवर्तनका एजेन्डासहित नेपाल सहभागी
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन (कोप–३०) का लागि नेपालका प्रतिनिधि एजेन्डासहित पूर्ण तयारी अवस्थामा ब्राजिल पुगेका छन् । सम्मेलनको औपचारिक उद्घाटन कात्तिक २४ अर्थात् सोमबार ब्राजिलको बेलेम सहरमा हुँदै छ ।
‘आन्दोलनलाई अपराधीकरण गर्न खोजियो’
जेनजीले गत भदौ २३ र २४ गते भएको आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको सहभागीले बताएका छन् । विवेकशील साझा पार्टीले आइतबार काठमाडौँमा आयोजना गरेको ‘जेनजी स्वतन्त्र वैकल्पिक शक्ति गोलमेच’ अन्तर्क्रिया कार्यक्रममा वैकल्पिक पार्टीका नेता र जेनजी नेताले जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्ने मत राख्नुभएको हो ।
नेपाल ट्रस्टको जग्गा प्रकरण : सिआइबीले थाल्यो विस्तृत अनुसन्धान
नेपाल ट्रस्टको जग्गा भाडामा लगाउँदा भएको हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विस्तृत अनुसन्धान सुरु गरेको छ । सिआइबीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई शनिबार पक्राउ गरी अनुसन्धान थालेसँगै झन्डै एक दशकदेखि चर्चामा रहेको नेपाल ट्रस्टको जग्गा हिनामिनाबारे नयाँ तथ्य बाहिर आउने सम्भावना बढेको छ ।
निवर्तमान सांसदबाट हस्ताक्षर सङ्कलन अभियान
विघटित प्रतिनिधि सभामा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का सदस्यले पुनस्र्थापनाको माग लिई अदालत जान हस्ताक्षर सङ्कलन अभियान चलाएका छन् । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेका दुई दलका निवर्तमान सांसदले विवाद अदालतमा पुगिसकेपछि हस्ताक्षर सङ्कलन सुरु गरेका हुन् ।
पृथ्वी राजमार्गको पाँच सय कित्ता जमिन अतिक्रमण
मुग्लिङदेखि सिस्नेखोला (निर्माणाधीन सुरुङमार्गको पश्चिमी पोर्टल) सम्म पृथ्वी राजमार्गको पाँच सय कित्ता जमिन व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । २०३५ सालमा त्रिभुवन राजपथको घुम्ती सुधार कार्यक्रम अन्तर्गत राजमार्गको पुरानो ‘एलाइनमेन्ट’ लाई छोडेर पूर्वतर्फ ‘सिफ्ट’ गरी सडकलाई सिधा गर्दा र पृथ्वी राजमार्गको चौडाइ २५ मिटरबाट घटाएर १५ मिटर कायम गरेपछि बाँकी रहेको १० मिटर क्षेत्रफलको जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता हुन गएको हो ।
२४६ जना महिला तथा बालबालिकाको उद्धार
शान्ति पुनस्र्थापना गृहले कञ्चनपुरका विभिन्न क्षेत्रबाट २ सय ४६ जना महिला, किशोरी तथा बालबालिकाको उद्धार गरेको छ । पुनस्र्थापना गृहले गत आर्थिक वर्ष २०८१–८२ मा जिल्लास्थित सीमानाका तथा विभिन्न स्थानबाट उनीहरूको उद्धार गरिएको जनाएको हो ।