सङ्खुवासभामा दुई पक्की पुल सञ्चालन
सङ्खुवासभाको धर्मदेवी–४ र मादी नगरपालिका–६ तथा चैनपुर–१ र मादी नगरपालिका–९ लाई जोड्ने दुई पक्की पुल शनिबारदेखि सञ्चालनमा आएका छन्।
मधेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
मधेश प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा लामो चार सय ४२ हेक्टर वनजङ्गलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ।
गोरखामा ५५ किलोमिटर सडक कालोपत्रे
गोरखामा यस वर्ष झण्डै ५५ किलोमिटर सडक कालोपत्रे थपिएको छ।आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभरिका ११ वटा पालिकामा ५४.६ किलोमिटर कालोपत्रे सडक थप भएको हो।
गाजामा खाद्य सङ्कट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता
संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ ।
जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट, नयाँ आयात शुल्कको प्रभाव
संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ ।
सानीभेरी नदी
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३, चौतारा गाउँ र सानीभेरी नदी आसपासको दृश्य ।
सिरिया-इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त
सिरियाको ड्रुज समुदाय बसोवास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबिच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ ।
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एक जनाको मृत्यु
युक्रेनको ओडेसा सहरमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा एक जनाको ज्यान गएको र अन्य केही घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।
कारागार भत्किएपछि कैदीबन्दीहरूको स्थानान्तरण
लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागारको गेट (प्रवेशद्वार) भत्किएपछि यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ । गत बुधबार अपराह्न पौने ५ बजेतिर कारागारको पश्चिमतिर रहेको कैदीबन्दी प्रवेश गर्ने गेट भत्किएको छ ।
अफगानिस्तानमा सडक दुर्घटना, ४ जनाको मृत्यु
अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको सरकारद्वारा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अघिल्लो वर्ष पारित गरेका ‘महामारीसम्बन्धी नियम’ संशोधन अस्वीकार गरिएको छ, जसमा अमेरिकी प्रशासनको भनाइ अनुसार ती परिवर्तनले राष्ट्रको संप्रभुतामा हस्तक्षेप गर्छन् ।
भारतको बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की, खोजतलासपछि केही फेला परेन
भारतको बेङ्गलुरु सहरका करिब ४० वटा विद्यालयमा शुक्रबार बिहान बम राखिएको भन्दै धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका छन् ।
दुई पटक टी-२० विश्वकप खेलेको नेपाल तेस्रो यात्राको तयारीमा
सन् २०१४ र त्यसको १० वर्षपछि सन् २०२४ मा गरी दुई पटक टी-२० विश्वकप खेलेको नेपाल अहिले फेरि विश्वकप छनोटको तयारीमा जुटेको छ ।
‘संसद बैठकमा केही अराजकता छ, सुधार्नु पर्छ’
प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता दामोदर पौडेल बैरागीले सांसद बैठक अराजक देखिने गरे पनि आत्तिहाल्नुपर्ने अवस्था भने नभएको बताउनुभएको छ । सबै सुदायको प्रतिनिधित्व भएको संसद बैठकमा नागरिकको आवाज आउनु लोकतन्त्रमा स्वाभाविक भएको उहाँको बुझाइ छ ।
महिला कबड्डी विश्वकप खेल्दै नेपाल
नेपालले भारतमा हुने दोस्रो संस्करणको महिला कबड्डी विश्वकप खेल्ने भएको छ ।
काभ्रेमा बस दुर्घटना, २३ यात्रु घाइते
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –८ पौवामा यात्रुवहाक बस दुर्घटना भएको छ । दुर्घटनामा २३ यात्रु घाइते भएका छन् । रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदैगरेकोे बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
केल्मी नेपाललाई अन्तर्राष्ट्रिय अवार्ड
केल्मी नेपाल इन्टरनेसनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित भएको छ ।
गृहमन्त्री लेखकको ध्यानाकर्षण
दाङको सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’ का हत्यारालाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेसन प्रमुख अर्जुन गिरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह ईन्चार्ज गणेश आचार्यले आज गृहमन्त्री लेखकलाई ध्याकर्षणपत्र बुझाउनुभएको हो ।
चालु आवमा दैनिक २.५५ किमी सडक निर्माणः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठुलो भौतिक पूर्वाधारमा फड्को मारेको बताउनुभएको हो ।
छाउपडीविरुद्ध अभियान सञ्चालन गर्ने निर्णय
सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाजन्य कुरीति तथा जातीय विभेदविरुद्धको आवश्यकतानुसार जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।
एमाले पोलिटब्युरो बैठक च्यासलमा सुरु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही बेरअघि बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट, नयाँ आयात शुल्कको प्रभाव
संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ ।
आमा सुरक्षा कार्यक्रम बन्द नगर्न माग गर्दै बाँकेका आठ दलको विरोध
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आमा सुरक्षा कार्यक्रम नवीकरण नगरेर बन्द गरेको जनाउँदै बाँकेका आठ राजनैतिक दलहरूले विरोध गर्दै पुनः सञ्चालन गर्न माग गरेका छन् ।
म्याग्दीका उत्कृष्ट सामुदायिक वन समूह पुरस्कृत
म्याग्दीका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको छ । डिभिजन वन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने तीनवटा सामुदायिक वन उभोक्ता समूहलाई छनोट गरी पुरस्कृत गरेको हो ।