• १० वैशाख २०८३, बिहिबार

१३औँ रारा गोल्डकप यसै महिना

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), वैशाख १० गते । १३औँ संस्करणको रारा रनिङ्ग गोल्डकप फूटबल प्रतियोगिता यही वैशाख १८ देखि २२ गतेसम्म हुने भएको छ । 

धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीस्थित पुण्य माविको खेल मैदानमा हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो ।

जसमा आयोजक रारा फुटबल क्लबसहित केराबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड क्लब उदयपुर, डाडाँबजार फुटबल क्लब धनकुटा, सलहेस युथ क्लब सिराहा, बिर्तामोड युनाइटेड क्लब झापा, आरआइ एफसी काठमाडौँ र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने छ । 

प्रतियोगितामा विजेता टोलीले सात लाख र उपविजेताले तीन लाख रुपियाँ पुरस्कार पाउने रारा फुटबल क्लबका सचिव जीवन कटुवालले जानकारी दिनुभयो । यस्तै प्रत्येक खेलमा म्यान अफ दी म्याच र विधागत विधाका विजेतालाईसमेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कट गोलकिपर, उदयीमान खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही १०/१० हजार र म्यान अफ दी म्याचलाई सात हजार रुपियाँ प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि करिब ३६ लाख ३२ हजार रुपियाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।