भूकम्प स्मृति स्तम्भ, मृतकको नामसमेत पाइएन
२०७२ वैशाख १२ गतेको भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ एक दशक बित्न लाग्दा पनि सञ्चालन हुन सकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्तम्भ निर्माणको शिलान्यास गर्नुभएको थियो ।
दुई गोठ जल्दा १४ पशुचौपाया मरे
गुल्मीमा एकै दिन दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १४ पशुचौपाया मरेका छन् । आइतबार साँझ धुर्कोट गाउँपालिका –३ हाडहाडेका अनन्तबहादुर बस्नेतको ढुङ्गा माटोले बनेको दुई तले कच्ची गोठमा आगलागी हुँदा एउटा दुहुनो भैँसी र एउटा पाडो जलेर मरेको छ ।
कार्यकक्षमै मेयरमाथि हातपातको प्रयास
पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीमाथि कार्यकक्षमै आक्रमणको प्रयास भएको छ । निर्माण व्यवसायी समेत रहनु भएका पुतलीबजार नगरपालिका –१ का नेपाली काँग्रेसका कार्यकर्ता अशोक भट्टको समूहले हातपात गर्ने प्रयास गरेको हो ।
झण्डै ५२ करोडभन्दा बढी भ्रष्टाचारको अभियोगसहित मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको स्वास्थ्यसँग सम्बन्धित निकायले विभिन्न शीर्षकमा करिब ५२ करोड भन्दा बढी भ्रष्टाचार गरेको बिगो दाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दर्ता गरेको छ ।
नेविसंघले तीन महिनाभित्र १२ औं महाधिवेशन गरिसक्ने
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले १२औं महाधिवेशन तीन महिनाभित्र सम्पन्न गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने चलखेल भयो : महासचिव पोख्रेल
सत्तारुढ दलका नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्त्वको चलखेलले आइतबार दुःखद अवस्था सिर्जना भएको बताउनुभएको छ।
उपत्यकासहित चार प्रदेशमा हल्का वर्षा
जल तथा मौसम पूर्वानुमान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल काठमाडौं उपत्यकासहित बागमती, कोशी, गण्डकी र लुम्बिनीका एक–दुई स्थानका हल्का वर्ष भइरहेको बताएको छ।
स्रोत नखुलेको ४३ लाखसहित भारतीय नागरिक पक्राउ
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले आइतबार तीन बजेको समयमा २२ वर्षीय शिवा पटवा भन्ने अनिश कुमारलाई रकमसहित पक्राउ गरेको हो।
नवनिर्वाचित फोनिजकर्मीलाई सेन्टरको बधाई
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपालले आज स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
जंगलको डढेलो गाउँ पुग्दा घर र गोठ जले
क्व्होँलासोथार गाउँपालिका–२ मालिङस्थित सरानीको जंगलमा लागेको डढेलो गाउँ पस्दा घर र गोठ जलेर नष्ट भएको छ। आइतबार दिउँसो ३ बजेर २० मिनेटको समयतिर जंगलबाट फैलिएको ढडेलो गाउँमा फैलिदा दुईतले घर र गोठ जलेर ध्वस्त जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जानकारी दिनुभयो।
तरहरा राष्ट्रिय कविताको प्रथम ताज अविनाश भट्टराईलाई
सुनसरीको इटहरी २० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ।
कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा चट्याङ लागेर आइतबार दुई जनाको ज्यान गएको छ। अन्नपूर्ण ११ स्थित त्रिवेणी ताल पदमार्गमा आइतबार दिउँसो २ जना मजदुरको चट्याङ लागेर मृत्यु भएको हो।
माओवादी अध्यक्ष प्रचण्ड भोलि कैलाली आउनुहुँदै
पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि कैलाली आउँदै हुनुहुन्छ।
एमाले–कांग्रेस नेतृत्वको सरकार आवश्यकताले बनेको हो : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार समयको आवश्यकताले बनेको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसजस्तो देशको दुई पुरानो एवम् प्रतिस्पर्धी पार्टीहरुको सरकार बन्नु समयको आवश्यकता हो, भन्नुभयो ।
खुला ब्याडमिन्टन हुने
सर्वोच्च अदालतमा क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनको संयुक्त आयोजनामा वैशाख १८ गते उपत्याकाब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
रियललाई हराउँदै बार्सिलोना स्पेनिस कोपा डेल रे च्याम्पियन
बलियो प्रतिस्पर्धी रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।
कार्यालय प्रमुखलाई अख्तियारी नहुँदा मालपोतको सेवा ठप्प
मालपोत कार्यालय मौलापुर, रौतहटका कार्यालय प्रमुख कौशलकिशोर झा हाजिर भएको एक हप्ता हुन् लाग्दा समेत भूमि व्यवस्थापन तथा अभिलेख विभागले अख्तियारी प्रदान नगर्दा अधिकांश सेवा ठप्प भएको छ।
शिक्षक आन्दोलन : निषेधित क्षेत्र तोडेपछि प्रहरी हस्तक्षेप, १९ जना घाइते
नेपाल शिक्षक महासङ्घको अगुवाइमा निरन्तर चल्दै आएको आन्दोलनमा १९ जना शिक्षक घाइते भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आन्दोलनकर्मीले बानेश्वरमा निषेधित क्षेत्र प्रवेश गर्न खोपछि प्रहरीले बल प्रयोग गरेको हो।
स्थानीय तहमा आपतकालीन गोदाम घर बनाउनुपर्नेमा जोड
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेप्से परिसूचकमा सामान्य सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक तीन दशमलव ५८ अङ्कले बढेर दुई हजार छ सय ६१ दशमलव ६० को बिन्दुमा कायम भएको हो ।
अन्तरपालिका मेयर कप फुटबल हुने
गोदावरी नगरपालिकाको आयोजनामा वैशाख २० देखि जेठ ३ गतेसम्म उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल हुने भएको छ ।
दक्षिण कोरियाको विपक्षी दलद्वारा नेता लीलाई राष्ट्रपति पदको उम्मेदवार घोषणा
दक्षिण कोरियाको प्रमुख विपक्षी दलले आफ्ना पूर्व नेता ली जाए–म्युङलाई आगामी जुन महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारका रूपमा घोषणा गरेको छ ।
ट्रम्पको चेतावनीपछि ग्रीनल्यान्डका प्रधानमन्त्री डेनमार्क भ्रमणमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्रमाथि नजर लगाएका बेला ग्रीनल्यान्डका नवनिर्वाचित प्रधानमन्त्रीले आइतबार डेनमार्कको पहिलो औपचारिक भ्रमण सुरु गर्नुभएको छ ।
अपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छ : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले चाहे अनुसार सरकारले काम गर्न नसक्दा जनतामा निराशा बढेको बताउनुभएको छ।