काठमाडौँ, वैशाख १४ गते । सर्वोच्च अदालतमा क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनको संयुक्त आयोजनामा वैशाख १८ गते उपत्याकाब्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
एक दिने प्रतियोगितामा न्यायसेवामा कार्यरत कर्मचारी र कानुन व्यवसायीको सहभागिता रहने छ । प्रतियोगिताको विजेता खेलाडीलाई २५ हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १५ हजार रुपियाँ पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिताको लागि प्रतिव्यक्ति चार हजार रुपियाँ प्रवेश शुल्क तय गरिएको छ ।