शिविरले फर्कायो आँखाको ज्योति
बृहत् स्वास्थ्य शिविरबाट पुर्चौडीमा दुई हजार आठ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये करिब चार सय जनाको आँखा परीक्षण गर्दा ७५ जनाको मोतिविन्दुको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको छ ।
क्षयरोगी खोज्न एआईको प्रयोग
क्षयरोगी खोज्न बैतडीमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग भएको छ । एआईले सुर्नया गाउँपालिकामा चार जना, पुर्चौडी नगरपालिकामा तीन जना र बैतडी कारागारका दुई जना बन्दी गरेर नौ जना क्षयरोगी पत्ता लगाएको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।
पर्यटकको रोजाइमा विचित्र गुफा
यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ ।
संरक्षणको पर्खाइमा मुस्ताङको सेकुङ ताल
यहाँको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल संरक्षणको पर्खाइमा छ । ताल संरक्षणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा सेकुङ ताल ओझेलमा परेको छ ।
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सरकारी स्कुलमै पढाउनुपर्ने
गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले अनिवार्य आफ्ना सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।
शिक्षक आन्दोलनले पाठ्यपुस्तक अलपत्र
गत चैतको अन्तिम साता नै पाठ्यपुस्तक जिल्लाका नौ वटै स्थानीय तहमा पुगिसकेको भए पनि सङ्घीय राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनको प्रभावले दार्चुलामा पुस्तक दिवस प्रभावित भएको छ ।
संविधान रक्षाप्रति दृढता
लोकतान्त्रिक पद्धति विधिमा आधारित व्यवस्था हो ।
वित्तीय जिम्मेवारी र बजेट
लामो समयदेखि सार्वजनिक खर्च तथा आम्दानीका क्रियाकलापमा संलग्न पदाधिकारी आफ्नो जिम्मेवारीप्रति उदासीन भएकाले आर्थिक अनुशासन कायम हुन सकेन, समयमा खर्च भएन भन्ने गुनासो रहँदै आएको छ ।
वायु प्रदूषणले निम्त्याएको सकस
स्वच्छ वातावरण मानवीय आवश्यकता र चाहना मात्रै होइन, नेपालको संविधानको दिएको संवैधानिक हक र स्वास्थ्यसँग जोडिएको विषय पनि हो । पछिल्ला हप्तामा देशभर कहिले विश्वमै पहिलो त कहिले दोस्रो प्रदूषित सहरका रूपमा काठमाडाैँ दर्ज भइरहे ।
पत्रकार महासंंघ गोरखामा निर्विरोध नेतृत्व
गुणबहादुर रोकासुलीकोट, वैशाख ८ गते । नेपाल पत्रकार महासङ्घ गोरखाको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । जिल्लामा पुस २८ गते हुनु पर्ने निर्वाचन सदस्यबिचको असमझदारीले केही महिनादेखि रोकिएकोमा क्रियाशील सञ्चार सम्बद्ध सङ्घ सङ्गठनबिच भएको सहमति अनुसार भएको निर्वाचनमा सबै पदमा एकल उम्मेदवारी दर्ता भएपछि नरेन्द्र ढकाल सहितको जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । आइतबार साँझ उम्मेदवारी दर्तासंगै उम्मेदवार माथि दाबी विरोधका लागि दिएको समयमा कुनै पनि उम्मेदवार प्रति उजुरी नपरेपछि निर्वाचन समितिले निबिरोध निर्वाचित भएको घोषण गरेको हो ।जस अनुसार महासङ्घ गोरखा शाखाको उपाध्यक्षमा विकास मरहठ्ठ, समाबेशी उपाध्यक्षमा अस्मिता सिम्खडा, सचिवमा सुजन न्यौपाने, सहसचिवमा मोहसिन मिया, समाबेशी सहसचिवमा दान बहादुर गुरुङ र कोषध्यक्षमा गुणराज रोका निर्विरोध निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यमा राजेश पौडेल, बिमल श्रेष्ठ, संगिता चेपाङ, मेलिना बराम, बिभर गुरुङ र सुदिप श्रेष्ठ, चयन हुनुभएको छ । त्यस्तै गरी राष्ट्रिय परिषद सदस्यमा नरहरि सापकोटा र किरण कुमार लोहनी चयन हुनु भएको छ । गत मंसिर २८ गते हुने भनिएको निर्वाचन सदस्य बिबाद भएपछि झन्डै साँढे ४ महिना पत्रकार महासङ्घ गोरखा शाखाको निर्वाचन स्थगित हुँदै आएको थियो । निर्विरोध निर्वाचित जिल्ला शाखाका पत्रकारहरूलाई धन्यवाद दिँदै पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारिताको क्षमता अभिवृद्धि गर्न आग्रह गर्दै सरकारले गरेका गलत कार्यलाई खबरदारी गर्नुपर्ने पत्रकारको धर्म भएको पनि बताउनुभयो ।
आर्थिक सुधारको ऊर्जा
कुनै एक पटक तय गरिएका नीतिनियम सधैँका निम्ति उपयोगी हुन सक्दैनन् ।
बौद्धिक पुनर्जागरणको आवश्यकता
पुनर्जागरण फ्रान्सेली शब्द हो ।
च्यारिटीमा अल्झिएको गुरुङ सिनेमा
‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ यो श्लोक गुरुङ (तमु) समुदायमा अति प्रचलित छ तर तमु समुदायमा मात्र प्रचलित भए पनि यसको महत्व अन्य समुदायमा पनि उत्तिकै छ । विशेषतः यसको ‘अर्थशास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव अस्तित्व (पहिचान) नै हराउँछ’ भन्ने हो ।
बिजुलीको तार गाडीमा खस्दा आगलागी : चार जनाको मृत्यु, दुई घाइते
प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने क्रममा बोलेरो गाडी माथि बिजुलीको तार खसेर आगोलागि हुँदा चार जनाको मृत्यु भएको छ ।
जितु र केकी उत्कृष्ट कलाकार
‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा अभिनेता जितु नेपालले चलचित्र ‘ज्वाइँसाब’ बाट उत्कृष्ट अभिनेता बन्नुभएको छ । कार्यक्रममा केकी अधिकारी चलचित्र ‘बोक्सीको घर’ बाट उत्कृष्ट अभिनेतृ घोषित हुनुभयो ।
‘महाभोज’ को पोस्टर सार्वजनिक
चलचित्र ‘महाभोज’ को दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका पोस्टरमध्ये एक पोस्टरमा चलचित्रका प्रमुख छ कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले पोस्टरले चलचित्रमा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको सङ्केत गर्छ ।
ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु
कालीकोट जिल्लाको पलाँतामा ट्याक्टर दुर्घटना भएको छ । गए राती भएको ट्याक्टर दुर्घटनामा चालक सहित चार जनाको मृत्यु भएको छ ।
मधेशमा डिडिसीको साझेदारी पसल
दुग्ध विकास संस्थान (डिडिसी) ले मधेश प्रदेशमा पहिलो पटक साझेदारी पसल सञ्चालनमा ल्याएको छ ।
मकै नङ्ग्याउन र छोडाउन मेसिन
आधुनिक कृषियन्त्रको उपलब्धता र प्रयोगले मकै खेती गर्ने किसानलाई ठुलो राहत पुगेको छ ।
आजबाट सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन
सन्तोष दहितदाङ, वैशाख ८ गते । घोराही उपमहानगरपालिकाले आजदेखि नियमित रुपमा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार उपमहानगरको नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक क्यालेन्डर अनुसार वैशाख ८ गतेदेखि नियमित रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।उहाँले एक सूचना जारी गरेर वैशाख ८ गते देखि शैक्षिक क्यालेन्डर अनुसार विद्यालय नियमित सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको दिनुभएको छ । वैशाख ८ गते देखि अनिवार्य विद्यालय सञ्चालन गर्न र सो को अनुगमन समेत हुने उहाँले सूचना मार्फत जानकारी दिनुभएको हो ।देशभरका शिक्षकहरू आन्दोलनमा होमिदाँ सामुदायिक विद्यालयको भर्ना अभियान समेत अन्योल भएको छ । संस्थागत विद्यालयमा धमाधम भर्ना अभियान चलिरहेको बेला जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरू भने सुनसानको अवस्थामा छ । वार्षिक परीक्षाको रिजल्ट आएको लामो समयसम्म सामुदायिक विद्यालयमा भर्ना अभियान नचलेपछि अभिभावकहरू रुष्ट बन्न थालेका छन् । पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले शिक्षकहरू आन्दोलनमा होमिदा प्राइभेट विद्यालयहरूले मौकाको फाइदा उठाइरहेका बताउनुभयो । अहिले सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ, उहाँले भन्नुभयो, यता संस्थागत विद्यालयका शिक्षकहरू भने घरदैलो गरेर व्यापक रूपमा भर्ना अभियान सञ्चालन गरिरहनुभएको छ । यसले सामुदायिक विद्यालयमा भर्ना अभियानलाई कस्तो असर पर्ला ?यसै पनि शिक्षकहरूले आफ्ना छोराछोरिहरुलाई प्राइभेट स्कुलमा पढाउँछन् , आफूले पढाउने स्कुलकै शिक्षामा विश्वास गर्दैनन् भन्ने आरोप छ उहाँले भन्नुभयो, यी यस्ता आरोपहरूलाई चिर्न आन्दोलनको स्वरूप परिवर्तन गरी भर्ना अभियानमा फर्किने पो हो कि । या प्राइभेट स्कुलको भर्ना अभियान पनि रोक्ने हो, बेलैमा शिक्षामुर्तिहरुले सोचौँ । नत्र प्राइभेट स्कुल सङ्ग मिलेमतो गरेको आरोप लाग्न पनि सक्छ । उहाँले वर्षामा धान नरोपे हिउँद कसरी बाली स्यहार्नु भनेर समेत प्रश्न गर्नुभएको छ ।
सौर्य ऊर्जामा लगानी गर्न भारतीय लगानीकर्ता तयार
बाँके जिल्लामा विद्युत्को सबैभन्दा कम पहुँच भएको नरैनापुर गाउँपालिकामा नवीकरणीय सौर्य ऊर्जा उत्पादनका लागि भारतीय लगानीकर्ताले पहल गरेका छन् ।