• ८ वैशाख २०८२, सोमबार

जितु र केकी उत्कृष्ट कलाकार

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, वैशाख ८ गते । ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा अभिनेता जितु नेपालले चलचित्र ‘ज्वाइँसाब’ बाट उत्कृष्ट अभिनेता बन्नुभएको छ । कार्यक्रममा केकी अधिकारी चलचित्र ‘बोक्सीको घर’ बाट उत्कृष्ट अभिनेतृ घोषित हुनुभयो । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा सम्पन्न अवार्डमा अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’ बाट उत्कृष्ट अभिनेता (जुरी) अवार्ड प्राप्त गर्दा उत्कृष्ट साङ्गीतिक छोटो चलचित्रको अवार्ड ‘प्याकुली’ का रामहरि खड्का, उत्कृष्ट सांस्कृतिक चलचित्र तामाङ ‘एप्लेङ ना नाम्सा’ ले र प्याकुलीबाट इन्करेजमेन्ट अवार्ड रोनिश खड्काले पाउनुभयो । 

छोटो चलचित्रका लागि ‘मा कामरातो’ बाट निर्मल पौडेल, ‘माझी’ बाट उत्कृष्ट वृत्तचित्रका लागि सविर श्रेष्ठ र ‘अञ्जली’ बाट प्रेम श्रेष्ठले उत्कृष्ट चलचित्रको अवार्ड जित्नुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतलाई अवार्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो ।