• ८ वैशाख २०८२, सोमबार

शिविरले फर्कायो आँखाको ज्योति

blog

शल्यक्रियापछि आँखाको ज्योति फर्किएकाहरू । तस्बिर : सुरेन्द्र अवस्थी

बैतडी समाचारदाता    

बैतडी, वैशाख ८ गते । बृहत् स्वास्थ्य शिविरबाट पुर्चौडीमा दुई हजार आठ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । तीमध्ये करिब चार सय जनाको आँखा परीक्षण गर्दा ७५ जनाको मोतिविन्दुको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको छ । 

यही वैशाख ५, ६ र ७ गते पुर्चौंडी नगरपालिका र बैतडी समाज कैलालीले निःशुल्क आयोजना गरेको शिविरबाट विशेषज्ञ सेवा प्रदान गरिएको छ । शिविरमा सबैभन्दा बढी आँखा, हाडजोर्नी प्रसूति रोग, दन्त समस्या, मुटु र पिसाबसम्बन्धी समस्या भएका बिरामीले सेवा पाएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।