चार लाख मूल्य बराबरको लागु औषधसहित दुई जना पक्राउ
मकवानपुर प्रहरीले झण्डै चार लाख १४ हजार मूल्य बराबरको प्रतिबन्धित लागु औषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।
कश्मीर आक्रमणकारीलाई ‘पृथ्वीको कुनाकुना’सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको भीषण आक्रमणका लागि जिम्मेवार सबैलाई सजाय दिने प्रतिज्ञा गर्नुभएको छ ।
गर्मी छल्दै बालबालिका
सिराहाको लक्ष्मीपूर पतारी गाउँपालिकास्थित पतारी पोखरीमा प्रचण्ड गर्मी छल्न डुबुल्की मार्दै स्थानीय बालबालिका ।
सशस्त्र प्रहरी निकाल्यो ५० फिट गहिराइबाट पोख्रेलको शव
सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेको छ ।
‘सहिद परिवारको स्मरण’
सहिद तथा बेपत्ता भएकाको परिवारलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरले भेटघाट गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको सन्दर्भ पारेर सहिद र बेपत्ता भएका परिवारलाई घरमै पुगेर परिवारको अवस्थाबारे जानकारी लिएको हो ।
सहिद देशका साझा सम्पत्ति : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद परिवार भेटघाट गर्नुभएको छ ।
पानीको ट्याङ्कीभित्र बाँदरको अस्थिपञ्चर
३५ हजार घनमिटरको ट्याङ्कीभित्र पानी खोज्न जाँदा स्थानीयले बाँदरको जस्तो देखिने अस्थिपञ्चर फेला पारेका छन् ।
चन्द्रकोटको तेस्रो अध्यक्ष कप भलिबल सुरु
गुल्मीको चन्द्रकोटमा गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप अन्तरपालिका खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतिबन्धित लागु पदार्थसहित छ जना पक्राउ
कोशी प्रदेशको राजधानी विराटनगरलगायत विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागु औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सुनसरी र उदयपुरको विभिन्न ठाउँबाट ब्राउनसुगर र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
बाँकेका भूमिहीन दलित र सुकुम्वासीले लालपुर्जा पाउँदै
बाँकेका भूमिहीन दलित र सुकुम्वासीले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने भएका छन् । भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित र सुकुम्वासलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको हो ।
‘निजी सञ्चालकले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता दिनै पर्छ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता दिनै पर्ने बताउनुभएको छ । आन्दोलनरत निजी मेडिकलका आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिचको छलफलमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा प्रबुद्ध वर्गको समूह भएकाले राजनीतिक, वैचारिक र सिद्धान्तको निकाससहित नयाँ सन्देश दिन सक्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
बादी तथा गन्धर्व समुदायका महिलालाई सिलाइकटाइ तालिम
बाँकेको कोहलपुर नगरपालिकाले कोहलपुरमा रहेका बादी तथा गन्धर्व समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि सिलाइकटाइ तालिम सुरु गरेको छ ।
वाणिज्य बैँकको ७४औं काउन्टर सोलाबाङमा स्थापना
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ सोलाबाङ बजारमा राष्ट्रिय वाणिज्य बैँकको एक्सटेन्सन काउन्टर स्थापना भएको छ ।
लोकतन्त्र दिवस : एमालेको युवा महोत्सव
लोकतन्त्र दिवसका अवसरमा बिहीबार नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेसन)को आयोजना गरेको छ ।
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयलाई विद्यार्थी जोगाउनै मुस्किल
नायरा पढ्ने विराटनगर ३ को सहिद आधारभूत विद्यालयले वैशाख ९ गतेबाट पठनपाठन सुरु हुने जानकारी दिएको थियो । तर शिक्षक आन्दोलन लम्बिएका कारण चाहेर पनि विद्यालय चलाउन सक्ने वातावरण भएन ।
आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु
निजी मेडिकल कलेजको स्नातक (पिजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आन्दोलनरत चिकित्सक र स्वास्थ्यमन्त्री प्रदिप पौडेलबिच वार्ता सुरु भएको हो ।
आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावत
अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावतले हामीले प्राप्त गरेको जीवन अत्यन्तै दुर्लभ भएको बताउनुभएको छ । बिहीबार भक्तपुरको सिपाडोललमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम
जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा पुरुष कैदीबन्दीहरूको सीप क्षमता विकास, आयआर्जन, व्यवसायिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिनाको सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
११ पालिका रहेको स्याङ्जामा हरेक वर्ष जस्तै पुतलीबजार नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाउनुभएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गको हेटौँडा–११, थानाभर्याङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–११, नवलपुरका २४ वर्षीय उमेश तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
आँपपिपल अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण
गोरखाको पालुङटार नगरपालिका -२ आँपपिपल अस्पताल प्रदेश सरकारले स्वामित्व लिने गरी हस्तान्तरण गरिएको छ ।
‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास, निर्माणमा जोड दिनुपर्ने भन्दै सोही अनुसार काम गर्न आग्रह गर्नुभएको छ ।