• ११ वैशाख २०८२, बिहिबार

प्रतिबन्धित लागु पदार्थसहित छ जना पक्राउ

blog

शशिधर पराजुली
विराटनगर, वैशाख ११ गते ।
कोशी प्रदेशको राजधानी विराटनगरलगायत विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागु औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सुनसरी र उदयपुरको विभिन्न ठाउँबाट ब्राउनसुगर र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१३ बाट चेकजाँचको क्रममा धनकुटा शहिदभूमि गाउँपालिका–७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उप–महानगरपालिका–१० का ३२ वर्षीय मनोज गुरुङलाई ६ किलोग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ ।

यस्तै, सुनसरीको देवानगंज गाउँपालिका–२ बाट भारत अररिया पत्राहा–१५ का २६ वर्षीय महम्मद जावेद, ३० वर्षीय महम्मद जमशेर र २५ वर्षीय महम्मद आलविनलाई गाँजासहित पक्राउ गरेको हो । 

यसैगरी, प्रहरीले उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–९ का २४ वर्षीय जनम गहतराजलाई २०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।