वन्यजन्तुमैत्री राजमार्ग नहुँदा सधैँ दुर्घटना
बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्वपश्चिम राजमार्ग वन्यजन्तुमैत्री बन्न नसक्दा बर्सेनि दुर्घटनाको जोखिम बढ्दै जान थालेको छ ।
जनशक्ति कम, सेवाग्राहीको चाप बढ्दै
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हरेक वर्ष ५० हजारका दरले सेवाग्राही थपिँदै गए पनि सेवा दिने जनशक्ति बढ्न सकेको छैन ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ ।
बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर
बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिनुभएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
असर न्यूनीकरणप्रति साझा अभिमत
जुम्लामा आयोजित हिमाली संवादमा जलवायु परिवर्तनले हिमाली समुदायमा परेको असरलाई न्यूनीकरण गर्ने विषयमा साझा मत भएको छ ।
अन्तरजातीय विवाह गरेकालाई सम्मान
। खोटाङको खोटेहाङ गाउँपालिकामा अन्तरजातीय विवाह गरेका दम्पतीलाई सम्मान गरिएको छ । अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई नगद र सम्मानपत्रले सम्मान गरिएको हो । खोटेहाङ गाउँपालिका–१, लिकुवापोखरीका सुदेश राई र रि
प्रादेशिक सडक गुरुयोजना पारित
कर्णाली प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना पारित गरेको छ ।
अपाङ्गता भएकालाई अवसर दिइनुपर्ने
अपाङ्गता भएका व्यक्तिलाई सिक्ने अवसरबाट वञ्चित नगर्न अभिभावकलाई सरोकारवालाले सुझाव दिएका छन् । छेडागाड नगरपालिकामा अपाङगता भएका व्यक्तिका अभिभावकसँगको छलफलमा यस्तो सुझाव दिइएको हो ।
सामुदायिक विद्यालयले भर्ना लिँदै
चौतर्फी दबाब परेपछि चितवनका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना कार्य अगाडि बढाएका छन् । शिक्षकले काठमाडौँकेन्द्रित आन्दोलन गरेपछि स्थानीय सरकार, अभिभावक र नागरिक समाजको दबाबपछि विद्यालयमा भित्रभित्रै भर्ना कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रदेश सरकारद्वारा विद्यालय संरचनामा लगानी
सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट दार्चुलाका सामुदायिक विद्यालयमा यस वर्ष थप पाँच वटा नयाँ विद्यालय भवन निर्माण भइरहेका छन् ।
रोगव्याधि लाग्न नदिन भजहर पूजा
प्रकृतिपूजक थारू समुदायमा रोगव्याधि लाग्न नदिनका लागि भजहर पूजा गर्ने चलन छ ।
उद्धार गरिएका बालक परिवारको जिम्मा
प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेश जनकपुरधामले भारतको रक्सौल बेतियाबाट उद्धार गरिएका १८ वर्षमुनिका नौ जना बालकलाई बिहीबार परिवारको जिम्मा लगाएको छ । राष्ट्रिय बालअधिकार परिषद् अन्तर्गत मधेश प्रदेशमा सञ्चालनमा रहेको केन्द्रले उक्त कार्य गरेको हो ।
आतङ्कवादविरुद्ध हातेमालो
कुनै पनि राजनीतिक वा अन्य लक्ष्य पूरा गर्न हिंसाको प्रयोग महाअपराध हो ।
बिमा रकम नपाएपछि भुक्तानी रोक्का
स्वास्थ्य बिमा बोर्डले दाबी भुक्तानी रोकेसँगै भरतपुर अस्पतालले औषधी तथा स्वास्थ्य सामग्री खरिदकर्ताको भुक्तानी दिनसकेको छैन । भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बिमा बोर्डले भुक्तानी
शिक्षक, शिक्षा र सरकार
नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । निजी विद्यालयमा भर्ना प्रक्रिया सकिएर पठनपाठन सुरु भयो ।
अदालतको अवहेलनामा हाम्रो अभ्यास
हामी स्वतन्त्रताको चरम अभ्यास गर्न चाहने र गर्न सक्ने युगमा बाँचिरहेका छौँ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
अदालतमा ‘कोर्ट रुम टेक्नोलोजी’
अहिलेको युग एक्काइसौँ शताब्दीको युग हो
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
गोरखा भूकम्पको दस वर्ष
विनाशकारी गोरखा भूकम्प गएको १० वर्ष पूरा भएको छ ।
लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
दाङ, वैशाख १२ गते । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताउनुभयो ।फागुनभन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटेको छ । फागुनमा ३९ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट रूपन्देही र दाङमा सबैभन्दा धेरै १०–१० जनाको मृत्यु भएको छभने पाल्पा, रोल्पा र रुकुमपूर्वमा मृत्युको सङ्ख्या शून्य छ । बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन–तीन जनाको मृत्यु भएको छभने प्यूठानमा दुई र गुल्मीमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख कार्कीले बताउनुभयो । साथै दुर्घटनाबाट सात सय ४५ जना घाइते भएका छन् ।दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । ६० प्रतिशत मोटरसाइकल दुर्घटना नै हुने गरेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक, ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटना भएका छन् । सडक र चालककै कारण धेरै दुर्घटना भइरहेको प्रदेश प्रहरी प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार लुम्बिनीका धेरै ठाउँमा सडक स्तरवृद्धि नभएको तथा खाल्डाखुल्डीले धेरै दुर्घटना बढाएको छ ।
आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
काठमाडौँ, वैशाख १२ गते । आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ । सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताउनुभएको छ । अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै हो । दोस्रो विश्वयुद्धपछि आजकै दिन अर्थात् २५ एप्रिल १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरुप अघि बढाउने उद्देश्यका साथ सान फ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाइन्छ । यसलाई अन्तरराष्ट्रिय सङ्गठनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन पनि भनिन्छ । उक्त सम्मेलनबाट संयुक्त राष्ट्रसङ्घ स्थापनाको बिजारोपण भएको हो । दुई महिनासम्म सञ्चालन भएको उक्त सम्मेलनमा ५० देशका ८५० प्रतिनिधि सहभागी थिए । संयुक्त राष्ट्रसङ्घमा सदस्य राष्ट्रका प्रतिनिधि र उनीहरूको भूमिका बारेमा जागरूकता बढाउन सन् २०१९ मा राष्ट्रसङ्घीय महासभाले २५ अप्रिललाई अन्तरराष्ट्रिय प्रतिनिधि दिवसका रूपमा घोषणा गरेको हो ।
आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने
काठमाडौँ, वैशाख १२ गते । काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज यहाँको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ ।महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानका साथै कोशी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।