• ११ वैशाख २०८२, बिहिबार

आँपपिपल अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण

blog

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आँपपिपल अस्पताललाई गण्डकी प्रदेश सरकार मातहात ल्याइएको घोषण । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका

सुलीकोट, वैशाख ११ गते । गोरखाको पालुङटार नगरपालिका -२  आँपपिपल अस्पताल प्रदेश सरकारले स्वामित्व लिने गरी हस्तान्तरण गरिएको छ ।

यसअघि पालुङटार नगरपालिकाको मातहातमा रहि सञ्चालनमा रहेको उक्त अस्पताललाई बिहिबार एक कार्यक्रमका बिच मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वमित्व ग्रहण गर्नुभएको पालुङटार नगरपालिकाका नगर प्रमुख बिवश चिन्तनले जानकारी दिनुभयो । 

केहि महिना अगाडी नै गण्डकी प्रदेश सरकारले उक्त अस्पतालको स्तरोन्नति गरी १५ शय्या अस्पतालबाट ५० शय्याको प्रदेश अस्पताल बनाउने निर्णय भएको थियो । बि स २०१३ सालमा मिसन अस्पतालको रुपमा खुलेको त्यस अस्पताल २०५८ सालमा विकास समितिलाई हस्तान्त्रण गरिएको पालुङटार नगरपालिकाले जनाएको छ । 

विसं २०१३ सालमा पालुङा–२ मा रहेको आँपपिपल अस्पताल गोरखा, लम्जुङ, तनहुँ, मनाङ, मुस्ताङ, धादिङ र चितवनबाट समेत बिरामीहरु आएर उपचार गर्न आँपपिपल अस्पताल आउने गरेका बताइएको छ । धेरै वर्ष समितिको मातहातमा रहेको उक्त अस्पताल गत साल मात्रै समितिले नगरपालिकालाई जिम्मा लगाएको थियो । 

धेरै जिल्लाका बिरामीहरुको प्रमुख आर्कषणको रुपमा रहेको उक्त अस्पताल भने आफैँ बिरामी जस्तो बनेको थियो, नगर प्रमुख बिवश चिन्तनले भन्नुभयो, “गण्डकी प्रदेश सरकारको स्वमित्वमा गएपछि आँपपिपल अस्पताल स्रोत र साधनले भरिपुर्ण भई सबै बिरामीहरुको आर्कषणको केन्द्र हुनेमा विश्वास छ ।” 

पटकपटक हरेक पार्टीका उम्मेदारहरुले आँपपिपल अस्पताललाई चुनाबी एजेण्डा समेत बनाउँदै आएकोमा अहिले भने अस्पताल स्तरोन्नति हुने भएपछि गोरखाका नागरिहरु खुशी भएका पालुङटार नगरपालिकाले जनाएको छ ।