आलिसान प्रशासनिक भवन बन्दै
सङ्घीयतापछि ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नारा चुलिएको छ । नारा अनुसार आफ्नै घरगाउँबाट जनताले सेवा सुविधा पाएका छन् । नागरिकमा सेवा प्रवाह गर्न स्थानीय तहले गच्छे अनुसारका प्रशासनिक भवन बनाएका छन् ।
भासियो कोदारी राजमार्ग
अहिले चलिरहेको निरन्तरको सामान्य बर्सातले कोदारी लोक मार्गको भासिन थालेको छ । सडक भासिन थालेपछि पटक पटक सडक अवरुद्ध हुन थालेको छ । सडक अवरुद्ध हुन थालेपछि तातोपानी नाकाबाट राजधानी जान लागेका मालवाहक गाडी, यात्रुवाहक गाडी, साना–ठुला सवारी साधन बिच बाटोमै रोकिन थालेका छन् ।
मुस्ताङको पाक्लिङ गाउँ र उवा खेती
मुस्ताङ, वैशाख १८ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ मा पर्ने पाक्लिङ गाउँ र मुस्ताङ(डोल्पा जोड्ने सडक । पृष्ठभूमिमा पाक्लिङ गाउँको उवा र फापर खेत । तस्बिरः रासस
द्रुतमार्गको चालिस प्रतिशत प्रगति
राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेश द्रुतमार्ग धमाधम निर्माण भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएको आयोजना निर्माणको काम चालु आर्थिक वर्षको चैत मसान्तसम्मको भौतिक प्रगति ३९.३४ प्रतिशत रहेको नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
आमालाई पोसिलो आहार
वालिङ नगरपालिका–१४ की ३६ वर्षीय गोलमाया परियार १७ महिनाकी छोरीकी आमा हुनुहुन्छ ।
श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
आँखा उपचारमा पहुँच वृद्धि
शल्यक्रियापछि आँखा देख्नुभएका बरेङ गाउँपालिका–५, बागलुङका ८६ वर्षीय लालबहादुर क्षेत्रीले चन्द्रकोट गाउँपालिकालाई धन्यवाद दिनुभएको छ ।
प्रदेश सचिवहरूको जिम्मेवारी बाँडफाँट
लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले तीन वटा निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिनुभएको छ ।
स्वास्थ्य बिमा सुविधा अब तुरुन्तै
काठमाडौँ, वैशाख १८ गते । अब स्वास्थ्य बिमा गर्नेले आफू बसेकै स्थानमा प्रस्थान विन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् । आफू रहेकै स्थानमा प्रस्थान विन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।यसअघि मन्त्री पौडेलले स्वास्थ्य बिमामा सहजताका लागि बिमा गरेको स्थानबाट अन्यत्र गएका व्यक्तिले आफू बसेकै स्थानमा प्रथम बिन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार मन्त्रालयले नियमावली संशोधन प्रस्ताव लगेकामा बुधबारको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।यसले रेफर लिनका लागि बिमा गराएकै स्थानमा पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य बिमामा आबद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।यसै गरी, मन्त्रिपरिषद्बबाट पारित प्रस्तावअनुसार अब स्वास्थ्य बिमाको सेवा लिनका लागि तीन महिना पर्खनु पर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताउनुभयो ।‘स्वास्थ्य बिमामा आम नागरिकको पहुँच वृद्धि गर्न संशोधन आवश्यक थियो,’ मन्त्री पौडेलले भने, ‘स्वास्थ्य बिमालाई बढी व्यवहारिक र सहज बनाउन यसले भूमिका खेल्ने छ ।’ यसै गरी, संसाधनअनुसार अब सबै तहमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु कायम हुनेछ । हाल स्वास्थ्य बिमा सबै तहमा पुगे पनि प्रथम सेवा बिन्दु भने सबै तहमा छैनन् । अब संसाधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुने छ । यसले बिमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
राज्यको लगानीको पार्क प्रयोगविहीन
गुल्मीको सदरमुकाम तम्घासमा रहेको थ्रिडी पार्क उपयोगविहीन भएको छ । पार्क बनेको लामो समयसम्म प्रयोगमा नआएका कारण पार्कमा घाँस पलाएको छ भने राज्यको लगानी रहेको संरचना यसै अलपत्र परेको छ ।
अरूलाई सिप सिकाउँदै क्यान्सरपीडित रत्ना
रत्ना सार्की अहिले ३९ वर्षकी हुनुभयो । कोहलपुर नगरपालिका वडा नम्बर ५ बाँकेकी रत्ना विगत केही वर्षदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको छ । तर उहाँ जीवनदेखि निराश हुनुभएको छैन ।
‘मेरा काका चाउ एनलाई’ को नेपाली संस्करण पुस्तक विमोचन
‘मेरा काका चाउ एनलाई’ को नेपाली संस्करण पुस्तक विमोचन गरिएको छ । बेल्ट एन्ड रोड पुस्तकालयमा बुधबार ‘माइ अंकल चाउ एनलाई’ को नेपाली संकरण ‘मेरा काका चाउ एनलाई’ पुस्तक विमोचन गरिएको हो ।
छोराका लागि दोस्रो बिहे गर्ने चलन कायमै
अहिले पनि छोरा जन्माउनका लागि दोस्रो विवाह गर्ने चलन कायमै रहेको छ । समाजमा घर र वंश जोगाउन छोरा हुनैपर्ने सामाजिक मान्यताका कारण पहिलो श्रीमतीबाट छोरा नजन्मिएपछि सहमतिमा कान्छी ल्याउने चलन हुम्लामा अहिले पनि कायम रहेको छ ।
अझै बनेन राउटे संरक्षण नीति
प्रदेश सरकारले राउटे समुदायको संरक्षणमा चासो दिएको छैन ।
सात महिनादेखि तलबविहीन चिकित्सक
जिल्ला अस्पताल हुम्लाका चिकित्सकले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
जातीय विभेदमा सफाइ पीडित परिवार आक्रोशित
अन्तरजातीय प्रेमको विषयमा २०७७ जेठ १० गते जाजरकोटका नवराज विकलगायत छ जनालाई मारिएको घटनामा संलग्नलाई सफाइको फैसला गरेपछि पीडित परिवार असन्तुष्ट भएका छन् । कानुनी कारबाहीको माग गर्दै उच्च अदालत सुर्खेतमा पीडितले पुनरावेदन दायर गरेको थियो ।
विस्फोट गरेर सडक स्तरोन्नति
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने बोक्चे गौँडामा यतिखेर कडा चट्टान फोडेर सडकको स्तरोन्नति भइरहेको छ । यसअघि सडकको ग्रेड नमिलेको भन्दै उक्त खण्डको सडकको निर्माण गर्ने जिम्मा सरकारले सेनालाई दिएपछि सेनाले चट्टानी भिर विस्फोट गरेर सडक निर्माणलाई तीव्रता दिइएको हो ।
सार्वजनिक सुनुवाइमा जनताका प्रश्न
यहाँको छेडागाड नगरपालिकाले प्रवाह गर्ने वस्तु तथा सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन, जनताको गुनासो आत्मसात् गरी आगामी वर्षको नीति तथा कार्यक्रम निर्माण गर्न सार्वजनिक सुनुवाइ गरेको छ ।
पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न
जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ ।
कतै विद्यार्थी भर्ना, कतै सुनसान
कञ्चनपुरमा झन्डै एक सय सामुदायिक विद्यालयले विद्यार्थी भर्ना कार्य पूरा गरेका छन् । २५६ सामुदायिक विद्यालय रहेका कञ्चनपुरमा हाल ९० वटा सामुदायिक विद्यालयले मात्र विद्यार्थी भर्ना गरेका छन् ।
श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सामुदायिक विद्यालयद्वारा पुस्तक वितरण
शिक्षक आन्दोलनका कारण बन्द रहेका सामुदायिक विद्यालयका विद्यार्थी निजी स्कुलतिर जान थालेपछि बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थी रोक्न किताब वितरण गरेको छ ।