दलित तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बिमा
गोरखाको अजिरकोट गाउँपालिकामा दलित तथा विपन्नको लागि निःशुल्क स्वास्थ्य बिमा अभियान सञ्चालन भएको छ। मंगलबारबाट अजिरकोट गाउँपालिका भित्र सम्पूर्ण दलित तथा बिपन्न समुदायलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उदेश्यले अभियान सञ्चालन भएको हो।
भीरकोटले बाढी पहिरो प्रभावितलाई राहत दिने
मानवीय क्षतिलाई एक लाख, घर पूर्ण क्षतिलाई ५० हजार, गोठ पूर्ण क्षतिलाई ३० हजार, शाैचालय पूर्ण क्षतिलाई निर्माण सामग्री पाँच हजार, लैनो भैसी मरेको २५ हजार, थारो भैँसी मरेको भए १० हजार र बाख्रो मरेको भए पाचँ हजारका दरले तत्काललाई राहत दिने निर्णय गरेको हो ।
साउनको दोस्रो साता पुग्दा बाँकेमा ७० प्रतिशत मात्र रोपाइँ
साउनको दोस्रो साता पुग्दासम्म पनि बाँकेमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ। गत दुई सातादेखि वर्षा नहुँदा पानीको अभावमा रोपाइँ सुस्त हुन जाँदा ७० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।
बगर खेतीले फेरिँदै भूमिहीन किसानको जीवन
सामुदायिक सुधार केन्द्र (सीआइसी) धनुषाले मिथिला नगरपालिका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा उहाँलाई जग्गा र कृषि यन्त्र उपलब्ध गराएको छ ।
प्रधानमन्त्रीलाई रुकुमका कांग्रेस र एमालेको ज्ञापनपत्र
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका जिल्ला नेतृत्वले जाजरकोट–भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन्।
वित्तीय साक्षरता अभियान सञ्चालन हुने
नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानकै रुपमा अगाडि बढाउने भएको छ। आम मानिसलाई वित्तीय रुपमा साक्षर बनाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त प्रबन्ध गरेको हो।
मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेका लागि बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था ल्याएको छ।
बेलहिया नाकाबाट सवा तीन अर्बले निर्यात बढ्यो
रुपन्देहीको बेलहिया नाका हुँदै बाह्य मुलुकमा निर्यात बढेको छ । भैरहवा भन्सार कार्यालयका अनुसार तीन वर्ष यता भारत लगायत तेस्रो मुलुकमा लगातार निर्यात वृद्धि भएको हो ।
सुनसरीमा एसइई पूरक ग्रेडवृद्धिका लागि १० परीक्षा केन्द्र ताेकियाे
सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि दश वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्छौँः ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताउनुभएको छ।
कोशी सरकारबाट बाहिरिँदै माओवादी
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
घरघरै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले अशक्त र ज्येष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. यादव
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा डा. शिवराम यादव नियुक्त हुनुभएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले उहाँलाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गर्नुभएको छ ।
महोत्तरीमा सवारी दुर्घटनामा कमी
बर्दीबासस्थित जिल्ला ट्राफिक कार्यालयका अनुसार आव ०८०-८१ महोत्तरीमा ५०४ वटा सवारी दुर्घटना हुँदा ६८ जनाको मृत्यु हुनुका साथै गम्भिर र सामान्य गरि ७६२ जना घाइते भएका थिए ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने प्रयास
सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । शुक्रबार विहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको हो ।
कर्णाली सरकार : साधारण खर्च कटौती, पुँजीगत खर्च वृद्धि
कर्णाली प्रदेश सरकारले बजेट खर्च र योजना कार्यान्वयनलाई प्रभावकारी बनाउने रणनीति अघि सारेको छ । कार्ययोजना बनाएर बजेट र योजना कार्यान्वयनलाई उपलब्धिमूलक बनाउने प्रयास थालिएको हो ।
मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति
बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही खुकुलो व्यवस्थाहरु ल्याएको छ । यसका लागि पुँजीकोषका उपकरण तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने नीति राष्ट्र बैंकले लिएको छ ।
आठपहरिया जातिको सङ्ग्रहालय निर्माण
धनकुटा जिल्लामा मात्र बसोबास रहेको अल्पसङ्ख्यक आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले धनकुटामा आठपहरिया जातिकोे सङ्ग्रहालय निर्माण गरिने भएको छ ।
राजनीतिक परिवर्तनलाई आर्थिक विकासको फड्कोमा पुर्याऔं : नारायणकाजी श्रेष्ठ
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पुर्याउन सकेमात्र जनताले वास्तविक परिवर्तनको अनुभूति गर्ने बताउनुभएको छ।
आगलागीबाट तीन घर जलेर नष्ट
महालक्ष्मी नगरपालिका –५ स्थित शिवरात्रिमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । घर जल्दा करिब १ करोड दुईलाख २७ हजार बराबरको क्षति भएको बताइएको छ ।
तातोपानी कुण्डले कमायो एक वर्षमा ९२ लाख
म्याग्दीको बेनी नगरपालिका ४ स्थित प्राकृतिक उपचार स्थलका रुपमा परिचित सिंगा तातोपानी कुण्डले एकवर्षको अवधिमा करिब ९२ लाख रुपियाँ आम्दानी गरेको छ ।
मौद्रिक नीति २०८१/८२ : बैंकदर र निक्षेप सङ्कलन दर घटाइयो
“ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दर पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गरिएको छ”, मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भन्नुभयो । ब्याजदर करिडरको तल्लो सीमाका रुपमा रहेको तीन प्रतिशतको निक्षेप सङ्कलन दरलाई भने यथावत् राखिएको छ ।
आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति प्रस्तुत । (प्रत्यक्ष प्रसारण)
नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंले मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।