कार्यान्वयन भएन घोषित कार्यक्रम
प्रदेश सरकारले नीति तथा कार्यक्रममा उद्घोष गरेको शिक्षा र स्वास्थ्यसँग सम्बन्धित महत्त्वपूर्ण कार्यक्रम कार्र्यान्वयन गर्न सकेको छैन । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा समेटिएको शिक्षा र स्वास्थ्यसँग सम्बन्धित महत्त्वपूर्ण कार्यक्रम कार्यान्वयन गर्न नसकेको हो ।
दाइजो हटाउन अभियान चलाउनुपर्ने : मन्त्री साह
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले मधेश प्रदेशमा दाइजो प्रथा हटाउन जातीय सङ्गठनहरू मिलेर अभियान चलाउनुपर्ने बताउनुभएको छ । शौण्डिक चौरासी समाजको
सरकारबाट बाहिरियो माओवादी केन्द्र,सरकारलाई समर्थन कायमै
नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीबाट नियुक्त मन्त्रीहरूले शुक्रबार अपराह्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएर सरकारबाट बाहिरिएका हुन् ।
तीन महिनाको अवधि सफल भएको मुख्यमन्त्रीको दाबी
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएको सय दिनको अवधिमा प्रदेशका मुख्य तीन वटा समस्या समाधान गर्न सफल भएको दाबी गर्नुभएको छ ।
मुख्य सडक पैँतिस पटक अवरुद्ध
वर्षापछिको पहिरोले ठुलो चट्टान ल्याएर सडकमा राखेपछि बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–२, माथिल्लो बैसरीस्थित सिरुबारीमा सडकमा चट्टान
पुनरावेदन नगर्न गौशाला २६ को निवेदन
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी मुद्दाको पुनरावेदन प्रव्रिmया अघि नबढाउन उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता भएको छ । उच्च अदालत पाटनले गरेको
गैँडा मर्नुको कारण विद्युतीय झड्का
गत साउन ८ गते मृत अवस्थामा भेटिएको गैँडा विद्युतीय धरापमा परेर मरेको खुलेको छ । चितवन राष्ट्रिय निकुञ्जले सुरुवाती अवस्थामा गैँडा कालगतिले मरेको सार्वजनिक गरेको भए पनि गैँडा कालगतिले नभई करेन्ट लागेर मरेको खुलेको हो ।
अर्थतन्त्र सुधार्ने लचिलो मौद्रिक नीति
विगत दुई वर्षयता शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राजधानीको बालुवाटारस्थित राष्ट्र बै
वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण
नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेपालमै पहिलो पटक २०७३ मङ्सिर २
‘गणेशकवि श्यामदास वैष्णव’ नामक कृति लोकार्पण
नइ प्रकाशनको संयोजनमा वानीरा फाउन्डेसनले शुक्रबार राजधानी काठमाडौँमा गणेशकवि श्यामदास वैष्णवको शतवार्षिकी मनायो । सो अवसरमा नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिको पनि लोकार्पण भयो ।
अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टनभन्दा बढी खाना बर्बाद गर्छन्
अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको छ ।
दुई वर्षभित्र शतप्रतिशत विद्युतीकरण : ऊर्जा मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभरि शत्प्रतिशत विद्युतीकरण गरिसक्ने बताउनु भएको । नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले मुलुकभरि ९८ प्रतिशत विद्युतीकरण भइसकेको छ र त्यसमा १५ प्रतिशत हिस्सा सामुदायिक विद्युतीकरणको छ ।
प्रभावकारी बन्दै माटो दलेर गरिने उपचार
नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको आर्कषण बढ्दै गएको छ । प्राकृतिक चिकित्सालयमा प्राकृतिक विधि प्रयोग गरिने भएकाले यसले कुनै साइडइफेक्ट नगर्ने भएकाले यसप्रति आकर्षण बढेको हो ।
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
डेडिकेटेड र ट्रंक लाइनको वक्यौता रकम असुली गर्छौं
नेपाल विद्युत प्राधिकरणले उद्योगमा रहेको डेडिकेटेड तथा टं«क लाइन वक्यौता रकम असुली गर्ने अडान राखेको छ ।
भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ।
देश विकासको योजना कार्यान्वयन नमूनायोग्य बनोस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशको समग्र विकासको योजना कार्यान्वयन नमूनायोग्य बन्न सक्नुपर्ने बताउनुभएको छ।
खोलाले बगाएर दुई किशोरीको ज्यान गयो
पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई छामघाट खोलाले बगाएर ज्यान गएको छ।
गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट
गृहमन्त्री रमेश लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिले भेटवार्ता गरेको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पूर्वसांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो ।
जहाज दुर्घटना : क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार
काठमाडौँ मेडिकल कलेजमा उपचाररत सौर्य एयरलाइन्सका क्याप्टेन मनिसरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ।
विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन् ।
विपदमा परी एक सय ३९ जनाको मृत्यु
मौसमजन्य विपदमा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यको शपथ सम्पन्न
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
पोषण पुन:स्थापना केन्द्र भवनको उद्घाटन
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पोषण पुन:स्थापना केन्द्र भवनको उद्घाटन गर्नुभएको छ ।