जुलाईमा जापानको बेरोजगार दरमा सामान्य वृद्धि
जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाई महिनामा बढेको सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदूषण कम गर्न हाइड्रोजन कार : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गर्नुभएको छ ।
भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे प्रतिवाद गरिन्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताउनुभएको छ ।
आप्रवासी र गाजासम्बन्धमा बाइडेनको नीति अगाडि बढाइने : ह्यारिस
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपति निर्वाचित भएमा मेक्सिकोको सीमा अवैध रूपमा पार गर्ने आप्रवासीको नियन्त्रण गर्ने बताउनुभएको छ ।
लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
गुल्मीमा एक वृद्ध मृत फेला
गुल्मीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर –६, जोहाङ्गका ६७ वर्षीय शंकरप्रसाद गौतम मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मीना हत्या प्रकरणका सबै आरोपी पक्राउ
बेनी नगरपालिका-९ तोरीपानीकी १९ वर्षीय मीना परियारको हत्यामा संलग्न आरोपीहरु पक्राउ परेका छन् ।
योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह
जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुुग्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गर्नुभयो ।
चितवनका सबै इँटा उद्योग बन्द
तराईबाट आउने इँटासँग प्रतिस्पर्धा गर्न नसकेपछि चितवनका सबै इँटा उद्योग बन्द भएका छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ पोस्टर सार्वजनिक
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो ।
क्राउडस्ट्राइकको झट्का
हालसालै विश्वभर एकैपटक सूचना प्रविधि प्रणालीमा समस्या आउँदा बैङ्क, सेयर बजार, रेल सेवा, सपिङ मल, सञ्चार माध्यम, विमान सेवा कम्पनीसहित ठूला संस्थाका सेवा एकाएक प्रभावित भए । यस्तो अवस्थाको कल्पनासमेत गरिएको थिएन तर खतराको घण्टी बज्यो, सङ्कट आयो । कतिपय ठाउँमा विमान सेवा कम्पनीहरूले आफ्ना उडान नै स्थगित गरे भने धेरै ठाउँमा विमान उड्ने समय प्रभावित भयो । साउन ४ गते शुक्रबार अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सुरक्षा त्रुटि (बग) उत्पन्न हुँदा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी महासङ्कट उत्पन्न भयो । यस अपडेटमा देखिएको ‘बग’ का कारण माइक्रोसफ्ट विन्डोज कम्प्युटर प्रयोगकर्ताले हैरानी भोग्नु प¥यो ।
चट्याङ लागेर दुई जना घाइते
गुल्मीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
पाण्डेको हत्या अभियोगमा शाह पक्राउ
प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
इलाममा टी ट्रेल निर्माण गरिने
इलामको सूर्योदय नगरपालिका आन्तरिक पर्यटकको रोजाइमा परेको पर्यटकीय गन्तव्य मानिन्छ । कन्याम अन्तु जस्ता पर्यटकीय स्थल बाह्रै महिना पर्यटकले भरिभराउ हुने गरेका छन् । पर्यटन पूर्वाधारका हिसाबले विभिन्न संरचना निर्माण गरिएको नगरमा अव पैदल यात्रीका लागि पदमार्ग समेत निर्माण हुने भएको छ ।
प्रदूषित पानी बेच्ने चार उद्योग बन्द
प्रदूषित पानी बेच्ने सर्लाहीका चार उद्योग बन्द गरिएको छ । हरिवन र लालबन्दी नगरपालिकाका चारवटा पानी उद्योग बन्द गराइएको छ ।
दुधको भुक्तानी दिन मुख्यमन्त्रीको निर्देशन
मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगन्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय देउखुरीमा बिहीबार नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुखसहित कर्मचारीसँगको छलफलमा उहाँले छ/सात महिनादेखि दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेकाले अविलम्ब भुक्तानी गर्न निर्देशन दिनुभएको हो । “किसानले दुधको भुक्तानी नपाउँदा समस्या परेको छ । मसम्म पनि किसानको कुरा आइपुगेको छ । दुधको भुक्तानी रोकिँदा चौतर्फी असर परेको छ,” उहाँले भन्नुभयो, “छिटो भुक्तानी गर्नुहोस् ।”
पैँतिस वर्षपछि फेसबुकले घर फर्कायो
बेपत्ता भएको ३५ वर्षपछि प्युठानका एक जना व्यक्तिको पारिवारिक पुनर्मिलन भएको छ । २२ वर्षको उमेरमा भारतको आसाम बोमडुल्लाबाट हराएका प्युठानको गौमुखी–४, खोलाबाङका ५७ वर्षीय कीर्तिमान सुनार फेसबुकका माध्यमबाट घर आइपुगेपछि परिवारमा खुसी छाएको छ । एक महिनाअघि स्थानीय युवक मोहन सुनारसँग फेसबुकमा भेट भएपछि कीर्तिमानको पुनः पारिवारिक पुनर्मिलन भएको हो ।
गण्डकी मेडिकल कलेज अग्रणी र जिम्मेवार संस्था
पोखरा नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेज पोखरा– २७, रिट्ठेपानीमा स्थानान्तरण हुने भएको छ । रिट्ठेपानीमा शैक्षिक भवन र अर्घौंमा मेडिकल कलेज निर्माण सुरु गरिएको छ । मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालले दुवै भवनको शिलान्यास गर्दै गण्डकी मेडिकल कलेज गण्डकी क्षेत्रकै अग्रणी र जिम्मेवार संस्था रहेको दाबी गर्नुभयो ।
वैदेशिक रोजगारीले युवाविहीन बन्दै गाउँघर
वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बन्दै गइरहेका छन् । वैदेशिक रोजगारीमा नगएका युवा पनि अध्ययन तथा अवसरको खोजीमा जिल्लाबाहिरका सहरमा जाने गरेकाले गाउँमा युवा भेट्टाउनै मुस्किल हुने गरेको स्थानीय बताउँछन् । नवलपुरका मध्यविन्दुका ग्रामीण क्षेत्रबाट प्रतिपरिवार कम्तीमा एक जना वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीमा जाने मानिसमध्ये १५ वर्षदेखि २४ वर्ष उमेर समूहका मानिस धेरै देखिएका छन् । युवा उमेर मानिने १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका सात हजारभन्दा बढी युवा मध्यविन्दु नगरपालिकाबाट मात्रै वैदेशिक रोजगारीमा गएका विभागले जनाएको छ ।
एकादशी तिथिको चन्द्रमा
दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराबाट बिहीबार बिहान देखिएको एकादशी तिथिको चन्द्रमा ।
दुई महिनामा आयो मुस्ताङमा हवाईजहाज
हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा ६१ दिनपछि बिहीबार हवाई उडान भएको छ । गत असार १५ गतेदेखि रोकिएको हवाई उडान भदौ १३ देखि सुरु भएको हो । बिहीबार मुस्ताङमा समिट एयरका पाँच वटा उडान भएको छ । मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले पाँच वटा उडानमा पाँच जना नेपालीसहित ८४ जना यात्रु मुस्ताङ आइपुगेको जानकारी दिनुभयो ।
राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान काठमाडौँमा बस्ने भएको छ ।
सेवा विस्तार गर्दै दमौली अस्पताल
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको हो ।
चट्याङको जोखिम बढ्दै
गत शनिबार साँझ चट्याङ पर्दा दैलेखमा पाँच जना घाइते भएका छन् । महाबु गाउँपालिका–२, डुग्रीका खड्कबहादुर सुनारको घरमा चट्याङ पर्यो । चट्याङले उहाँका २३ वर्षीय छोरा नगेन्द्र सुनार, २९ वर्षीय डिलबहादुर सुनार र उहाँका भाइका छोरा नौ वर्षीय महेश सुनार घाइते हुनुभयो । यस्तै चट्याङकै कारण भगवतीमाई गाउँपालिका–१, गन्मराकका २६ वर्षीय रेसम थापा पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । गुराँस गाउँपालिका–३, टोटेपोखराकी १४ वर्षकी बाटुली शाही पनि घाइते हुनुभएको छ । दैलेखका प्रहरी प्रमुख सुनील दाहालका अनुसार चट्याङबाट घरमा पनि क्षति पुगेको छ ।