नेपालगन्ज नाकाबाट ७५ करोड बढीको जडीबुटी निकासी
नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ७५ करोड भन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घले विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि गत आर्थिक वर्षमा ७५ यो नाकाबाट करोडको जडीबुटी निकासी भएको हो।
'इँटा भट्टा' बार्सिलोना फिल्म फेस्टिभलमा छनोट
सर्ट डकुमेन्ट्री ‘‘इँटा भट्टा, द किलिंग किल्न’’ बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोटमा परेको छ ।
स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयरलाइन्स दुर्घटनाप्रति दुःख व्यक्त
आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उहाँले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गर्नुभएको हो ।
तनहुँमा ९५ प्रतिशत रोपाइँ सम्पन्न
तनहुँमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । पछिल्ला दिनमा नियमित वर्षा भएसँगै गत वर्षको तुलनामा यो वर्ष छिट्टै रोपाइँ सम्भव भएको हो ।
बेहोसपछि पुरुषको मृत्यु
पश्चिम मकवानपुरको मनहरी–८, ज्यामिरेमा बुधवार एक पुरुषको बेहोस भएपछि केही बेरमा मृत्यु भएको छ ।अन्दाजी ५३ वर्षीय मदन दमाई बेहोस भएपछि उहाँको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दाउरा खोज्न गएका किशोर बेपत्ता
बाँकेको डुडुवा –२ रामनगरका एक किशोर गत १८ दिनदेखि बेपत्ता छन् । १८ दिनअघि असार २३ गते राप्ती नदीमा बाढी आएका बेला सतिघाटमा छिमेकीसँग दाउरा लिन गएका १५ बर्षीय किशोर रामु केवट घर नफर्किएरको उनका बुवा राम जियावन केवटले बताउनुभयो ।
तोलामा दुई हजार चार सयले घट्यो सुनको मूल्य
बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।
प्रसारण लाइन विस्तारको काम तीव्र
नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा प्रसारण लाइन सुधारको कामलाई तीव्रता दिएको छ । यसल गर्दा मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ ।
वर्षौँदेखि पिउने पानीको आशामा पुरुण्डीवासी
बेनी नगरपालिका-५ पुरुण्डी गाउँमा वर्षौँदेखि पिउने पानीको समस्या छ । दशदेखि १५ घरधुरीको बिचमा रहेका पानीका धारामा मुस्किलले दैनिक एक देखि दुईघण्टा मात्र पानी आउँछ ।
बेवारिसे शव फेला
पूर्वी मकवानपुरको बागमती गाउँपालिका–५ बगेरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
सडक दुर्घटनाः कर्णालीमा एक सय १२ जनाको मृत्यु
कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो ।
नर्सरी व्यवसायमा धामी परिवारका तीन दशक
शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामी तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ । उहाँहरूका नर्सरीमा फलफूल, काठ र घर सजावटमा प्रयोग हुने सबै प्रकारका बिरुवा पाइन्छन् ।
जोखिम मोलेर पहिरो पार गर्दै यात्रुबाहक बस
मुक्तिनाथ दर्शनका लागि हिंडेका यात्रीहरु कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका –२ बैसरी पहिरोको जोखिम मोल्दै पार गर्न बाध्य छन् ।
सातदोबाटे – पन्थिनी – गाईखुर सडक सुचारु
गोरखामा अविरल वर्षाका कारण सातदोबाटे – पन्थिनी – गाईखुर सडक खण्ड १ महिना पछि सुचारु भएको छ । असारको पहिलो हप्ता देखि परेको अविरल वर्षाका कारण सातदोबाटे – पन्थिनी – गाईखुर सडक खण्डको चाँपपानी, बाघडाडा र पन्थिनीमा ठुलो पहिरोले ढुङगा माटो सहितको पहिरो गएपछि बुधवार पालुङटार नगरपालिकाको सहयोगमा पहिरो पन्छाएर सडक सुचारु गरिएको हो ।
गाउँकै कच्चा पदार्थ, गाउँमै पैसा
तुलसीपुर–८ की उर्मिला चौधरीलाई ढकिया, कलमदानी र झोला बनाउन भ्याइनभ्याइ हुन्छ । तुलसीपुर–८, बटोलपुरकी उर्मिला चौधरीलाई रोगले च्यापे पनि काममै व्यस्त हुनु पर्छ ।
करेन्ट लागेर एकको मृत्यु
झापाको कचनकवल गाउँपालिका –४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति पौने ९ बजे वडा ४ बस्ने १५ बर्षीय विशालकुमार शाहको करेन्ट लागेर मृत्यु भएको हो ।
पेरिस ओलम्पिकमा नेपालको सहभागिता
अन्तर्राष्ट्रिय खेलकुदको मञ्च ठूलो भए पनि नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुद (एसियाड) मा सर्वप्रथम प्रवेश गरेको थियो । सन् १९५२ को हेलसिन्की ओलम्पिकमा पर्यवेक्षकका रूपमा नेपालबाट नरशमशेर जबरा र कृष्णबहादुर वर्मा पठाइएको भनिए पनि त्यसको आधिकारिकता पुष्टि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले समेत गर्न सकेको छैन ।
कोठामा डाक्टर मृत फेला
मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत भेटिनुभएको छ ।
चौरासीको चक्कर
‘गुरु’ शब्द कति गायनयोग्य छ है गुरु ? तर तपाईं गुरुहरू यत्रो वर्षसम्म पनि वास्तविक ‘गुरु’ बन्न सक्नुभएन कि जस्तो पनि लाग्छ मलाई । बारम्बार महागुरुहरूलाई सोधेँ । आफ्नै आत्मालाई पनि निकै पटक बिन्ती
बेनी–जोमसोम सडकमा पहिरो पन्छाउँदै
म्याग्दी, साउन १० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ वडाको सिमानामा पर्ने अँधेरीखोलामा पहिरो पन्छाउँदै मजदुरहरु । बेनी–जोमसोम सडकमा खस्ने पहिरो रोकथामका लागि पहिरो पन्छाएर पर्खाल निर्माण थालिएको हो । तस्बिरः रासस
घोराही बजार र दाङ उपत्यका
दाङको घोराही उपमहानगरपालिका (१८ स्थित घोरदौराबाट बिहीबार बिहानीपख देखिएको सदरमुकाम घोराही बजार र दाङ उपत्यकाको दृश्य ।
पोखरामा डुङ्गा सयर गर्दै
पोखराको फेवातालमा परिवारसहित डुङ्गा सयर गर्दै विदेशी पर्यटक।
भेरी नदीमाथि बनेको पुल र आसपासको दृश्य
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेको रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका सिमानामा रहेको भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य ।
आठ विद्यालयमा न्यून विद्यार्थी
उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका आठ वटा विद्यालयमा पच्चीस भन्दा कम विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । माथिल्लो कक्षा छोड्ने क्रम वृद्धि भएसँगै ती विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको हो ।